default_image

5 years ago

January 26, 2021

प्रदेश २ पहिलो पटक जितविहिन

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश २ प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा पहिलो पटक जितविहिन हुँदै बाहिरिएको छ । जारी प्रतियोगितामा समूह चरणबाट बाहिरिएका ६ प्रदेश मध्य जित विहिन हुने प्रदेश २ एक मात्र टोली हो ।

समूह चरणको अन्तिम खेलमा सोमबार प्रदेश २ नेपाल पुलिस क्लबसँग ४ विकेट पराजित हुँदै समूह बी बाट जित विहिन हुँदै बाहिरिएको हो । प्रधानमन्त्री कप प्रदेश संरचनामा गएपछि प्रदेश २ पहिलो पटक जित विहिन हुन पुगेको छ ।

प्रदेश २ जारी प्रतियोगितामा पहिलो खेलमा लुम्बिनी प्रदेशसँग ७७ रनले पराजित भएको थियो । दोस्रो खेलमा बागमती प्रदेशसँग ६ विकेटले हार्न पुगेको थियो । सुदूरपश्चिमसँग ३ विकेट र पुलिससँग ४ विकेटले पराजित हुँदै जित विहिन हुँदै बाहिरिएको हो ।

प्रदेश २ पहिलो पटक प्रधानमन्त्री कपमा जित बिहिन हुँदै बाहिरिएको छ । दोस्रो संस्करण अर्थात सन् २०१८ मा प्रदेश २ समूह ए बाट चौथो स्थानमा रहँदै बाहिएको थियो । उक्त प्रतियोगितामा ४ खेलमा ३ मा हार र १ मा जित निकालेको थियो । उक्त प्रतियोगितामा प्रदेश २ ले गण्डकीलाई ६७ रनले हराएको थयो । प्रदेश १ सँग ६८ रन, एपिएफसँग ९६ र आर्मीसँग ५५ रनले पराजित भएको थियो ।

२०१९ अर्थात तेस्रो संस्करणमा प्रदेश २ समूह बी बाट ४ खेलमा २ मा हार र २ मा जित सहित तेस्रो स्थानमा रहँदै बाहिरिएको थियो । प्रदेश २ आर्मीसँग १ सय ७१ रन र आर्मीसँग पुलिसँग १ सय ५६ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो । प्रदेश २ ले कर्णालीलाई ९ विकेट र प्रदेश १ लाई १ सय ६१ रनले हराएको थियो । यस पटक प्रदेश २ को घरेलु क्रिकेटमा सफल ब्याट्सम्यान हसिम अन्सारीलाई नै समेटेको थिएन ।

समूह ‘ए’ बाट एपिएफ ४ खेलमा अपराजित हुँदै समूह विजेता बन्यो । आर्मी ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । समान ४ खेलमा ३ मा हार र १ मा जित सहित २–२ अंकका साथ क्रमश : कर्णाली तेस्रो, प्रदेश एक चौथो र गण्डकी पुछारमा रहँदै बाहिरिए ।

बागमती ४ खेलमा ३ मा जित र १ मा बराबरीका साथ ७ अंकका साथ समूह बी बाट विजेता बन्यो । पुलिस ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंंकका साथ दोस्रो स्थानमा रह्यो । लुम्बिनी ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो । सुदूरपश्चिम ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रह्यो । प्रदेश २ चार खेलमानै पराजित हुँदै अंकविहिन बन्यो ।

पहिलो सेमिफाइनलमा बुधबार एपिएफ र पुलिस भिड्नेछन् । बिहिबार दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ । सेमिफाइन र फाइनलका खेल टियु मैदानमा हुने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.