5 years ago
January 26, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग ब्यास लिग २०२०/२१ को होबार्ट हरिकेन्सको लिग चरणको अन्तिम खेलमा मेलबर्न रेनेगेड्सविरुद्ध विकेटविहिन बनेका छन् ।

नेपाली लेगस्पिनर सन्दीप लामिछानले ४ ओभरमा ३५ रन खर्चेपनि विकेट लिन सकेनन् । जारी बिग ब्यास लिगमा सन्दीप तेस्रो पटक विकेट विहिन बनेका हुन् । जारी सिजनकै कमजोर प्रर्दशन पर्दछ । यसअघि सन्दीप पर्थ स्कोचर्स र सिड्नी थन्डरविरुद्ध विकेन विहिन बनेका थिए । विकेटविहन बन्दा थन्डरविरुद्ध २८ र पर्थविरुद्ध २३ रन खर्चेका थिए ।
सन्दीपलाई होबार्टले आठौं ओभरमा बलिङमा ल्याएको थियो । त्यस समयमा रेनेगड्स ४३/ ३ को अवस्थामा थियो । सन्दीपले आफ्नो सुरुवात डट बलका साथ गरेका थिए । आठौं ओभरको पहिलो बलमा म्याकेन्जी हार्वेलाई डट राखे । दोस्रो बलमा एक रन खर्चेका थिए । तेस्रो बलमा सन्दीपले साम हार्परलाई दुई रन दिएका थिए । चौथो बलमा एक, पाँचौं बलमा दुई र अन्तिम बलमा एक रन खर्चिदै पहिलो ओभर सकेका थिए ।
दशौं ओभरमा सन्दीपले ८ रन खर्चेका थिए । पहिलो बलमा वेबस्टरलाई एक रन दिए । दास्रो बलमा हार्बेलाई दुई रन दिए । तेस्रो बलमा एक रन दिँदा चौथो बलमा दुई रन खर्चिएका थिए । पाँचौं र छैटौं बलमा एक एक रन खर्चिए ।
१२ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले विकेट लिन सकेनन् । कसिलो बलिङ गर्दै पाँच रन खर्चेका थिए । पहिलो बलमा एक र दोस्रो बलमा डट राखे । त्यसपछिका अन्य चार बलमा सन्दीपले १–१ रन खर्चेका थिए ।
१६ औं ओभरमा आफ्नो अन्तिम स्पेल लिएर आएका सन्दीपलाई पहिलो बलमै हार्वेले लङअनमा छक्का प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा एक एक रन खर्चिए । चौथो बलमा हार्वेले लङअफमा छक्का प्रहार गरेका थिए । पाँचौ बलमा डट राख्दा अन्तिम एक रन खर्चिए ।
सुरुवाती तीन ओभरमा २० रन खर्चेका सन्दीपले अन्तिम ओभरमा १५ रन दिएका थिए । जारी प्रतियोगितामा सन्दीपले ८ खेलमा ८ विकेट लिएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]