default_image

5 years ago

January 26, 2021

सन्दीप सम्मिलित होबार्ट लिग चरणबाटै बाहिरियो

124 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२०/२१ को लिग चरणबाटै बाहिरिएको छ । आफ्नो लिग चरणको अन्तिम खेलमा होबार्ट मेलबर्न रेनेगड्ससँग ११ रनले पराजित भएसँगै अघिल्लो चरणको सम्भावना सकिएको हो ।

जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । होबार्टका डेविड मलानले ३६ बलमा २ चौका सहित सर्वाधिक ३४ रनको योगदान दिए ।

डार्सी सर्ट २९, पिटर ह्यान्डस्कोम्ब १९, टिम डेविड १४, म्याथ्यु वेड र विल ज्याक्स १३–१३ रनमा आउट भए । अन्तिम बलमा ब्याटिङ गर्न आएका सन्दीप एक रन जोड्दै अविजित रहे । रेनेगड्सका ज्याक इभान्सले ४ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको रेनेगड्र्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । रेनेगड्सका लागि तल्लोक्रमका ब्यूउ वेबस्टरले ३५ बलमा ४ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहेका थिए ।

म्याकेन्जी हार्वेले ३७ बलमा १ चौका र २ छक्का सहित ४० रनको योगदान दिए । होबार्टका राइली मेरिडीथले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा ३५ रन खर्चेपनि विकेट लिन सकेनन् ।

होबार्ट १४ खेलमा समान ७ मा जित र हार सहित २८ अंकका साथ छैटौं स्थानमा रहँदै बाहिरिएको छ । सन्दीपले ८ खेलमा ८ विकेट लिँदै होबार्टको यस सिजनको यात्रा सकाएका छन् ।

यस्तो रह्यो सन्दीपको चार ओभर

सन्दीपलाई होबार्टले आठौं ओभरमा बलिङमा ल्याएको थियो । त्यस समयमा रेनेगड्स ४३र ३ को अवस्थामा थियो । सन्दीपले आफ्नो सुरुवात डट बलका साथ गरेका थिए । आठौं ओभरको पहिलो बलमा म्याकेन्जी हार्वेलाई डट राखे ।

दोस्रो बलमा एक रन खर्चेका थिए । तेस्रो बलमा सन्दीपले साम हार्परलाई दुई रन दिएका थिए । चौथो बलमा एक, पाँचौं बलमा दुई र अन्तिम बलमा एक रन खर्चिदै पहिलो ओभर सकेका थिए ।

दशौं ओभरमा सन्दीपले ८ रन खर्चेका थिए । पहिलो बलमा वेबस्टरलाई एक रन दिए । दास्रो बलमा हार्बेलाई दुई रन दिए । तेस्रो बलमा एक रन दिँदा चौथो बलमा दुई रन खर्चिएका थिए । पाँचौं र छैटौं बलमा एक एक रन खर्चिए ।

१२ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले विकेट लिन सकेनन् । कसिलो बलिङ गर्दै पाँच रन खर्चेका थिए । पहिलो बलमा एक र दोस्रो बलमा डट राखे । त्यसपछिका अन्य चार बलमा सन्दीपले १–१ रन खर्चेका थिए ।

१६ औं ओभरमा आफ्नो अन्तिम स्पेल लिएर आएका सन्दीपलाई पहिलो बलमै हार्वेले लङअनमा छक्का प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा एक एक रन खर्चिए । चौथो बलमा हार्वेले लङअफमा छक्का प्रहार गरेका थिए । पाँचौ बलमा डट राख्दा अन्तिम एक रन खर्चिए । सुरुवाती तीन ओभरमा २० रन खर्चेका सन्दीपले अन्तिम ओभरमा १५ रन दिएका थिए ।

जारी बिग ब्यास लिगमा सन्दीप तेस्रो पटक विकेट विहिन बनेका हुन् । जारी सिजनकै कमजोर प्रर्दशन पर्दछ । यसअघि सन्दीप पर्थ स्कोचर्स र सिड्नी थन्डरविरुद्ध विकेन विहिन बनेका थिए । विकेटविहन बन्दा थन्डरविरुद्ध २८ र पर्थविरुद्ध २३ रन खर्चेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.