default_image

5 years ago

January 26, 2021

प्रधानमन्त्री कपमा पुरस्कार राशी आधा घट्यो

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकु) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता विजेता टोलीले १० लाख पाउने भएको छ ।

गतवर्ष प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबले २० लाख रुपैयाँ प्राप्त गरेको थियो । उपविजेता आर्मीले १० लाख रुपैयाँ पाएको थियो । तर मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले विजेताले १० लाख र उप विजेताले ५ लाख पाउने निर्णय गरेको छ । जुन गतवर्षको भन्दा आधा कम हो । प्रतियोगिताको सेमिफाइनल समिकरण तयार भएपछि मात्र नगद पुरस्कार घोषणा गरेको क्यानले बजेटको अवस्था लगायत प्रतियोगिताबारे पनि कुनै पत्रकार सम्मेलन गरेको छैन ।

त्यस्तै सेमिफाइनलमा पुगेका प्रत्येक टोलीले ५० हजार पाउने छन् । व्यक्तिगत अवार्डमा पनि क्यानले रकम घटाएको छ । प्रतियोगिता प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले ५० हजार प्राप्त गर्ने छन् । गतवर्ष प्लेयर अफ द सिरिजलाई आयोजकले एकथान मोटरसाइकल प्रदान गर्ने भनेपनि अन्तिममा ५० हजार नगदमा टारेको थियो । त्यसबेला व्यवस्थापन सम्हालेको नेपालयले राखेपलाई दोष दिँदै पन्छिएको थियो ।

जारी प्रतियोगिता उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार पाउने भएका छन् । गतवर्ष उत्कृष्ट बलर र ब्याट्सम्यानले ३०–३० हजार पाएका थिए । प्रतियोगिता प्लेयर अफ द म्याचलाई दिँदै आएको २५ सय बढाएर क्यानले सेमिफाइनलदेखि ५ हजार दिने निर्णय गरेको छ ।

त्यस्तै क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आगमी फेब्रुअरी १ देखि काठमाडौंमा गर्ने निर्णय गरेको छ । नेपालले आगमी फ्रेबुअरीमा कतारमा कतार स्पोर्ट्स डे को अवसरमा कतार क्रिकेट एसोसिएसनको आयोजनामा तीन टि२० आई सिरिज खेल्ने भएको छ । उक्त सिरिज फेब्रुअरी ९ देखि १२ सम्म चल्ने छ ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सेमिफाइनल समिकरण पूरा भई सकेको छ । समूह ए बा नेपाल एपिएफ क्लब विजेता र त्रिभुवन आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह बी बाट बागमती प्रदेश विजेता र पुलिस उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा बुधबार एपिएफ र पुलिस भिड्ने छन् । बिहिबार दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र आर्मीबीच प्रतिस्पर्धा हुने छ । फाइनल शनिबार हुनेछ । सेमिफाइनल र फाइनलका खेल टियु मैदानमा हुने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.