5 years ago
January 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेब्रुअरी दोसो सातामा कतारसँग तीन टि२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपालले ११ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपालले पछिल्लो पटक मार्चमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० प्रतियोगिता खेलेको थियो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले फेब्रुअरी ९ मा कतारसँग पहिलो खेल खेल्नेछ । दोस्रो खेलमा नेपालले फेब्रुअरी १० मा खेल्नेछ । तेस्रो तथा अन्तिम खेल फेब्रुअरी १२ मा खेल्नेछ ।
कतार स्पोर्ट्स डे को अवसरमा कतार क्रिकेट एसोसिएसनले गरेका निमन्त्रणालाई स्वीकार गर्दै नेपालले टि२० सिरिज खेल्ने निर्णय लिएको हो । क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आगमी फेब्रुअरी १ देखि काठमाडौंमा सञ्चालन गर्ने निर्णय गरेको छ । नवनियुक्त प्रशिक्षक डेभ ह्वाटमोर पछिल्लो समय प्रधनमन्त्री कपको प्रदर्शन नियाल्दै लगातर मैदानमा रहँदै आएका छन् ।
कतार टि२० वरियतामा २२ औं र नेपाल १५ औं स्थानमा छन् । गतवर्ष सिंगापुरमा भएको आइसिसी टि२० एसिया रिजन छनोटमा कतारले नेपाललाई ४ विकेटले हराएको थियो ।

क्यानले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता विजेता टोलीले १० र उप विजेतालाई ५ लाख दिने निर्णय गरेको छ । सेमिफाइनलमा पुगेका प्रत्येक टोलीले ५० हजार पाउने छन् ।
प्रतियोगिता प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले ५० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार पाउने भएका छन् । प्रतियोगिता प्लेयर अफ द म्याचलाई दिँदै आएको २५ सय बढाएर क्यानले सेमिफाइनल देखि ५ हजार दिने निर्णय गरेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]