default_image

5 years ago

March 7, 2021

पुलिसमाथि एपिएफको रोमान्चक जित

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल पुलिस क्लबमाथि १ विकेटको रोमान्चक जित हात पारेको छ ।

आइतबार टियु क्रिकेट मैदानमा जितको लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ४९.५ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्यो । एपिएफलाई जितको लागि अन्तिम ओभरमा चार रन चाहिँएको थियो । कप्तान शरद भेषावकरले पाँचौं बलमा तीव्र गतिका बलर राशिद खानलाई छक्का प्रहार गर्दै जित पक्का गरेका थिए । शरद २० रनमा अविजित रहे । सुमित महर्जन ३२ बलमा ३ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।

सन्दीप जोराले ६५ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । राम्रो सुरुवात दिलाउने क्रममा ओपनर तथा विकेटकिपर सुबास खकुरेलले ७९ बलमा ६ चौका सहित ५० रन जोडे । अर्का ओपनर आसिफ शेखले ४८ बलमा ५ चौका र १ छक्का सहित ४२ रन जोडे । पहिलो विकेटका लागि सुबास र आसिफले १३.४ ओभरमा ६७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । प्रदीप ऐरी ५, कमलसिंह ऐरी १४, अमर सिंह राउटेला ९ र भुवन कार्की ४ रनमा आउट भए ।

पुलिसका स्पिनर पवन सरार्फले ९ ओभरमा ४५ रन खर्चेर ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । योगेन्द्रसिंह कार्कीले २, दीपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले १ सय ३१ बलमा ११ चौका र ६ छक्का सहित १ सय ४० रनको सानदार शतकीय इनिङ खेले पनि टोलीलाई भने जिताउन सकेनन् । हारका बाबजुद पनि दीपेन्द्र खेलमा म्यान अफ द म्याच चुनिए ।

दीपेन्द्रले आफ्नो करिअरको पहिलो शतक अभिनाश बोहरालाई छक्का प्रहार गर्दै १ सय २० पूरा गरेका थिए । पहिलो अर्धशतक ८० बलमा पूरा गरेका दीपेन्द्रले त्यसपछि आफ्नो रनको गति बढाउँदै सानदार शतकीय इनिङ खेले ।

पाँचौं ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल १० रनमा रन आउट भए । आठौं ओभरको अन्तिम बलमा तीव्र गतिका बलर अमर सिंह राउटेलाले अमित श्रेष्ठलाई १ रनमा सन्दीप जोराबाट क्याच गराए । कप्तान मन्जित श्रेष्ठ ३ रनमा आउट भए ।

कमजोर सुरुवात गरेको पुलिसलाई तेस्रो विकेटका लागि सुनिल धमला र दीपेन्द्रले ५९ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । धमलालाई २९ औं ओभरको दोस्रो बलमा शरद भेषावकरले ३३ रनमा बोल्ड आउट गरे । धमलाले ७२ बलमा २ चौका प्रहार गरे । पवन सरार्फले ३० बलमा ४ छक्का सहित ३५ रनमा आउट भए । अनिल शाह १८ रनमा आउट भए । एपिएफका कप्तान शरद भेषावकरले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले २ र अमर सिंह राउटेला १ विकेट लिए ।

पहिलो खेलमा एपिएफले आर्मीलाई १ विकेटले हराएको थियो । पुलिसले बागमती प्रदेशलाई २ रनले हराएको थियो । एपिएफले मंगलबार काठमाडौं मेयर ११ सँग खेल्ने छ । पुलिसले मंगलबार मुलपानीमा आर्मीसँग खेल्ने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.