default_image

5 years ago

March 8, 2021

एलेन चम्कँदा वेस्टइन्डिजलाई सिरिज

158 views

0 Bookmark

एजेन्सी – अलराउन्डर फबियन एलेनको अलराउन्ड प्रर्दशनमा श्रीलंकासँगको तीन टि२० आई सिरिज घरेलु टोली वेस्टइन्डिजले जितेको छ । सोमबार विहान तेस्रो टि२० आई खेलमा श्रीलंकालाई ३ विकेटले हराउँदै वेस्टइन्डिजले सिरिज २–१ ले जितेको हो ।

जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १९ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजका फबियन एलेन ६ बलमा ३ छक्का सहित २१ रनमा अविजित रहे । लेन्डन सिमन्स २६, एभिन लुइस २१, क्रिस गेल १३ र निकोलस पुरन २३ रनमा आउट हुँदा जेसन होल्डर १४ रनमा अविजित रहे । श्रीलंका लक्सान संदकनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट दिए । वानिन्दु हसरंगा र दुश्मन्था चामेराले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । श्रीलंका मध्यक्रमका ब्याट्सम्यान दीनेश चान्डिमल ४६ बलमा ३ चौका सहित ५४ रनमा अविजित रहे । एशेन बान्डारा ३५ बलमा ३ चौका र २ छक्का सहित ४४ रनमा अविजित रहे । पाँचौ विकेटका लागि चान्डिमल र बान्डाराले ८५ रनको साझेदारी गरेका थिए । वेस्टइन्डिजका फबियन एलेन, केविन सिन्क्लेयर, जेसन होल्डर, आबेद म्याकोयले १–१ विकेट लिए ।

पहिलो खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा श्रीलंका ४३ रनले विजयी भएको थियो । श्रीलंका र वेस्टइन्डिजबीच थप तीन ओडिआई र दुई टेष्ट सिरिज हुने छ । पहिलो ओडिआई बुधबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.