default_image

5 years ago

March 8, 2021

आर्मीविरुद्ध मेयर–११ को मध्यम सुरुवात

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप २०७७ एकदिवसिय क्रिकेट लिगमा काठमाडौं मेयर–११ ले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरि रहेको सन्दीप लामिछाने कप्तान रहेको मेयर–११ ले २५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ११ रन बनाएको छ । मेयर–११ का सौरभ खनाल ३३ र सन्दीप रजाली १७ रनमा अविजित छन् । सौरभले ३७ बलमा २ चौका र २ छक्का प्रहार गरेका छन् । पाँचौं विकेटका लागि सौरभ र सन्दीपले ४६ रनको अविजित साझेदारी गरि सकेका छन् ।

मेयर ११ लाई युवा ओपनर हरि शंकर शाह र खडक बहादुर बोहराले १०.२ ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर स्पिनर साहब आलमले त्यसपछि भने लगातार विकेट लिदै मेयर–११ को इनिङ धरासयी बनाए ।

साहबले ११ औं ओभरको दोस्रो बलमा कप्तान तथा विकेटकिपर विनोद भण्डारीबाट शाहलाई १८ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । शाहले २९ बलमा ४ चौका प्रहार गरे ।

१३ औं ओभरको चौथो बलमा आलमले अर्का ओपनर खडकलाई १९ रनमा बोल्ड गरे । खडकले ४६ बलमा ३ चौका प्रहार गरे । युवा विकेटकिपर विपिन रावल ६ रनमा हिट विकेटका रुपमा पेभिलिएन फर्के । साहबले १५ औं ओभरको चौथो बलमा शून्यमा एलबिडब्लू आउट गर्दै ६५–४ को कमजोर अवस्थामा पुर्याएका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.