5 years ago
March 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सोमपाल कामीको उत्कृष्ट ब्याटिङको सहयोगमा काठमाडौं मेयर कप-२०७७ एकदिवसिय क्रिकेट लिगमा त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर–११ लाई ५ विकेटले पराजित गरेको छ ।

जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २३.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । आर्मीका सोमपाल कामीले ५१ बलमा ९ चौका र ६ छक्का सहित ८० रनको उत्कृष्ट इनिङ खेले ।
स्पिनर सन्दीप लामिछानेको १८ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका सोमपाल लङअफमा नारायण जोशीबाट समातिन पुगे । सोमपालले लेगस्पिनर तथा मेयर–११ का कप्तान सन्दीप लामिछानेलाई मात्र ४ छक्का प्रहार गरेका थिए ।
दोस्रो ओभरको पहिलो बलमा ओपनर लोकेश बमलाई स्पिनर विपिन खत्रीले १ रनमा एलबिडब्लू आउट गरे । छैटौं ओभरको अन्तिम बलमा भिम सार्की १६ रनमा सिद्धान्त लोहनीबाट क्याच आउट हुन पुगे । भिमले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे । सातौं ओभरको पाँचौं बलमा स्पिनर अनिल खरेलले रोहित कुमार पौडेललाई शून्यमा एलबिडब्लू आउट गरे ।
कुशल मल्ल २३ बलमा २ चौका र १ छक्का सहित २३ रनमा आउट भए । कप्तान विनोद भण्डारीले २७ बलमा ४ चौका सहित २० रनमा अविजित रहे । राजेश पुलामी ८ रनमा अविजित रहे ।
सन्दीप लामिछानेले ९ ओभरमा ७४ रन खर्चेर २ विकेट लिए । विपिन खत्रीले ४.५ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । अनिल खरेलको नाममा १ विकेट रह्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मेयर–११ को टिम ४२.१ ओभरमा १ सय ५५ रनमा अल आउट भएको थियो । मेयर-११ का पाँच खेलाडीले खाता खोल्न सकेनन् ।
मेयर–११ का सौरभ खनालले ७४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४२ रनको योगदान दिए । सन्दीप रजालीले ६३ बलमा ३ चौका सहित ३७ रन बनाए । एक समय ६५–४ को कमजोर अवस्थामा पुगेको मेयर–११ लाई पाँचौं विकेटका लागि सौरभ खनाल र सन्दीप रजालीले ६६ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । तर त्यसपछिका ब्याट्सम्यानले साझेदारी गर्न नसक्दा बलियो योगफल बनाउन सकेन ।
मेयर-११ लाई युवा ओपनर हरि शंकर शाह र खडक बहादुर बोहराले १०।२ ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर स्पिनर साहब आलमले त्यसपछि भने लगातार विकेट लिदै मेयर–११ को इनिङ धरासयी बनाए ।
साहबले ११ औं ओभरको दोस्रो बलमा कप्तान तथा विकेटकिपर विनोद भण्डारीबाट शाहलाई १८ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । शाहले २९ बलमा ४ चौका प्रहार गरे ।
१३ औं ओभरको चौथो बलमा आलमले अर्का ओपनर खडकलाई १९ रनमा बोल्ड गरे । खडकले ४६ बलमा ३ चौका प्रहार गरे । युवा विकेटकिपर विपिन रावल ६ रनमा हिट विकेटका रुपमा पेभिलिएन फर्के । साहबले १५ औं ओभरको चौथो बलमा शून्यमा एलबिडब्लू आउट गदा ६५–४ को कमजोर अवस्थामा पुगेको थियो ।

तल्लोक्रमका कृष्ण कार्की, विपिन खत्री र नारायण जोशीले खाता खोल्न सकेनन् । सन्दीप लामिछानेले १८ बलमा २ चौका सहित १३ रनको योगदान दिए ।
आर्मीका स्पिनर साहब आलमले १० ओभरमा १ मेडन सहित ३९ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर जितेन्द्र मुखियाले १० ओभरमा ३ मेडन सहित ३८ रन खर्चेर ३ विकेट लिए । विक्रम सोब, कुशल मल्ल र सोमपाल कामीले १–१ विकेट लिए ।
आर्मी पहिलो खेलमा एपिएफसँग १ विकेटले पराजित भएको थियो । मेयर-११ ले बागमती प्रदेशलाई ९४ रनले हराएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]