default_image

5 years ago

March 9, 2021

कप्तान ज्ञानेन्द्रको एपिएफविरुद्ध अर्धशतक

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल एपिएफ क्लबबिरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले २६ ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रन बनाएको छ । बागमतीका कप्तान ज्ञानेन्द्र मल्ल ८१ बलमा ७ चौका सहित ५६ रनमा अविजित छन् ।

ज्ञानेन्द्रले ७२ बलमा अर्धशतक पूरा गरेका थिए । ज्ञानेन्द्रलाई ईशान पान्डेले १६ रनमा साथ दिएका छन् । तेस्रो विकेटका लागि ज्ञानेन्द्र र इशानले ४६ रनको अविजित साझेदारी गर्दै इनिङलाई अघि बढाएका छन् ।

ओपनर आकाश थपालाई सातौं ओभरको दोस्रो बलमा अभिनाश बोहराले विकेटकिपर आसिफ सेखले १ रनमा क्याच आउट गराएका थिए । पारस खड्कालाई १७ औं ओभरको तेस्रो बलमा अनुभवी स्पिनर वसन्त रेग्मीले २९ रनमा भुवन कार्कीबाट क्याच आउट गराए । पारसले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.