5 years ago
March 9, 2021
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर तथा कर्नाटका २० वर्षिय युवा देब्रे हाते (बायाँ) ब्याट्सम्यान देवदत्त पाडिक्कलले भारतीय घरेलु क्रिकेटको ५० ओभरको सर्वाधिक लोकप्रिय लिष्ट ‘ए’ मान्यता विजय हजारे ट्रफीमा लगातार चार शतक प्रहार गरेका छन् ।

सोमबार पाडिक्कलको शतकको सहयोगमा कर्नाटका विजय हजारे ट्रफीको सेमिफाइनलमा पुगेको छ । जारी सिजनमा उत्कृष्ट लयमा रहेका पाडिक्कलले केरलाविरुद्ध १ सय १९ बलमा १० चौका र २ छक्का १ सहित १ सय १ रनको शतकीय इनिङ खेले । सोमबार पालम ए स्टेडियम नयाँ दिल्लीमा टस हारेर पहिला ब्याटिङ थालेको कर्नाटका निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो ।
पहिलो विकेटका लागि पाडिक्कल र कप्तान रविकुमार समर्थले ४२.४ ओभरमा २ सय ९४ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । समर्थले १ सय ५८ बलमा २२ चौका र ३ छक्का सहित १ सय ९२ रनको इनिङ खेले । कर्नाटकाले केरलालाई ८० रनले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।
पाडिक्कलले यसअघि उडिसाविरुद्ध १ सय ४० बलमा १४ चौका र ५ छक्का सहित १ सय ५२ रनको शतकीय इनिङ खेलेका थिए । केरलाविरुद्ध १ सय ३८ बलमा १३ चौका र २ छक्का सहित १ सय २६ रनमा अविजित रहँदै लगातार दोस्रो शतक पूरा गरेका थिए । पाडिक्कलले रेलवेविरुद्ध १ सय ४५ रनको अविजित इनिङ खेलेका थिए ।
उक्तक्रममा पाडिक्कलले १ सय २५ बलमा ९ चौका र ९ छक्का प्रहार गरेका थिए । यस सिजनको विजय हजारेमा पाडिक्कलले ६ खेलमा चार शतक र २ अर्धशतक सहित ६ सय ७३ रनका साथ सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा शीर्षस्थानमा छन् । गत वर्ष यूएईमा भएको आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलोरबाट डेब्यू गर्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । इमर्जिङ प्लेयर अवार्ड जितेका पाडिक्कल कुल १५ खेलमा ४ सय ७३ रन बनाए ।
जसमा पाँच अर्धशतक सामेल थियो। बेंगलोरबाट रन बनाउने सर्वाधिक ब्याट्सम्यान बनेका थिए । पाडिक्कललाई आगमी दिनमा भारतीय टोलीको ओपनरको भविष्यको रुपमा हेरिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]