5 years ago
March 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकाल र पवन सरार्फको घातक बलिङमा त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल पुलिस क्लबलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मी ३०.१ ओभरमा ८७ रनमा अल आउट भयो । आर्मीका लोकेश बमले २४ बलमा ३ छक्का र २ चौका सहित सर्वाधिक ३२ रनको योगदान दिए । विक्रम सोबले ३४ बलमा २ छक्का सहित १४ रन बनाए । रोहित कुमार पौडेलले ४५ बलमा १ छक्का सहित १३ रन बनाए । राष्ट्रिय टोलीका खेलाडीले भरिभराउ आर्मीका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एक समय ४३-८ को कमजोर अवस्थामा रहेको आर्मीलाई विक्रम सोब र लोकेश बमले ४१ रनको साझेदारी गरेका थिए । दोस्रो ओभरको पहिलो बलमा स्पिनर सागर ढकालले कुशल भुर्तेलबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । सातौं ओभरको दोस्रो बलमा हरि चौहानलाई पवन सरार्फले ४ रनमा बोल्ड आउट गरे । लगत्तै आठौं ओभरको पहिलो बलमा सागरलेनै राजु रिजाललाई ४ रनमा अनिल साहबाट क्याच आउट गराए ।
सागरले राजेश पुलामी मगरलाई ६ रनमा क्याच आउट गराए । पवन सरार्फले कुशल मल्ललाई शून्य र सुशन भारी १ रनमा आउट गर्दा आर्मी १६.१ ओभरमा २५–६ को अवस्थामा पुगेको थियो । आर्मीले १० रन जोड्न शीर्षक्रमका ५ विकेट गुमाएपछि संकटमा परेको थियो । कप्तान विनोद भण्डारीलाई सागरले ३ रनमा बोल्ड आउट गरेपछि आर्मी ३२–७ को संकटमा पुगेको थियो ।
पुलिसका स्पिनर सागर ढकालले १० ओभरमा २ मेडन सहित ४० रन खर्चेर ५ विकेट लिए । पवन सरार्फ १० ओभरमा ५ मेडन सहित १४ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले २ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]