default_image

5 years ago

March 9, 2021

नन्दन चम्कँदा एपिएफलाई प्रतिस्पर्धात्मक लक्ष्य

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर नन्दन यादवको उत्कृष्ट ब्याटिङको सहयोगमा बागमती प्रदेशले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल एपिएफ क्लबलाई २ सय ३४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३३ रन बनायो ।

तल्लोक्रममा ब्याटिङ गरेका नन्दन यादव ५६ बलमा ७ चौका र २ छक्का सहित ६० रनमा अविजित रहे । छैटौं विकेटका लागि नन्दन यादव र आदिल खानले ७३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आदिल ४४ बलमा ४ चौका सहित ३४ रनमा क्याच आउट भए ।

बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ८४ बलमा ७ चौका सहित ५७ रनमा आउट भए । ओपनर आकाश थपालाई सातौं ओभरको दोस्रो बलमा अभिनाश बोहराले विकेटकिपर आसिफ सेखले १ रनमा क्याच आउट गराएका थिए । पारस खड्कालाई १७ औं ओभरको तेस्रो बलमा अनुभवी स्पिनर वसन्त रेग्मीले २९ रनमा भुवन कार्कीबाट क्याच आउट गराए । पारसले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

२८ औं ओभरको पहिलो बलमा ज्ञानेन्द्रलाई अमर सिंह राउटेलाले किशोर महतोबाट क्याच गराए । अमरले पृथु बास्कोटालाई ५ रनमा क्याच आउट गराए । ३५ औं ओभरको अन्तिम बलमा ईशान पाण्डेलाई किशोर महतोले शंकर रानाबाट ३१ रनमा क्याच आउट गराए । इशानले ४२ बलमा ३ चौका प्रहार गरे ।

एपिएफका अमर सिंह राउटेला र किशोर महतो २–२ विकेट लिए । वसन्त रेग्मी र अभिनाश बोहराले १–१ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.