default_image

5 years ago

March 9, 2021

साहबको ७ विकेटको बाबजुद आर्मी पराजित

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलमले एक्लै ७ विकेट लिएपनि त्रिभुवन आर्मी क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल पुलिस क्लबसँग ३ विकेटले पराजित भएको छ ।

जितको लागि ८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका ओपनर सुनिल धमलाले ४८ बलमा ३ चौका र २ छक्का सर्वाधिक ३९ रनको योगदान दिए । पवन सरार्फ २६ बलमा ३ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।

दीलिप नाथ १५ रनमा आउट हुँदा अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र अनिल साह १–१ रनमा आउट भए । योगेन्द्र सिंह कार्कीले खाता खोल्न सकेनन् । आर्मीका स्पिनर साहब आलमले ९ ओभरमा १ मेडन सहित ४५ रन खर्चेर ७ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मी ३०.१ ओभरमा ८७ रनमा अल आउट भएको थियो । आर्मीका लोकेश बमले २४ बलमा ३ छक्का र २ चौका सहित सर्वाधिक ३२ रनको योगदान दिए । विक्रम सोबले ३४ बलमा २ छक्का सहित १४ रन बनाए । रोहित कुमार पौडेलले ४५ बलमा १ छक्का सहित १३ रन बनाए । राष्ट्रिय टोलीका खेलाडीले भरिभराउ आर्मीका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एक समय ४३(८ को कमजोर अवस्थामा रहेको आर्मीलाई विक्रम सोब र लोकेश बमले ४१ रनको साझेदारी गरेका थिए । दोस्रो ओभरको पहिलो बलमा स्पिनर सागर ढकालले कुशल भुर्तेलबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । सातौं ओभरको दोस्रो बलमा हरि चौहानलाई पवन सरार्फले ४ रनमा बोल्ड आउट गरे । लगत्तै आठौं ओभरको पहिलो बलमा सागरलेनै राजु रिजाललाई ४ रनमा अनिल साहबाट क्याच आउट गराए ।

सागरले राजेश पुलामी मगरलाई ६ रनमा क्याच आउट गराए । पवन सरार्फले कुशल मल्ललाई शून्य र सुशन भारी १ रनमा आउट गर्दा आर्मी १६।१ ओभरमा २५–६ को अवस्थामा पुगेको थियो । आर्मीले १० रन जोड्न शीर्षक्रमका ५ विकेट गुमाएपछि संकटमा परेको थियो । कप्तान विनोद भण्डारीलाई सागरले ३ रनमा बोल्ड आउट गरेपछि आर्मी ३२–७ को संकटमा पुगेको थियो ।

पुलिसका स्पिनर सागर ढकालले १० ओभरमा २ मेडन सहित ४० रन खर्चेर ५ विकेट लिए । पवन सरार्फ १० ओभरमा ५ मेडन सहित १४ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले २ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.