5 years ago
March 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लेगस्पिनर सोनु देवकोटाको घातक बलिङमा विभागीय टोली नेपाल एपिएफ क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिग बागमती प्रदेशसँग २७ रनले पराजित भएको छ ।
जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ४४.५ ओभरमा २ सय ६ रनमा अल आउट भयो । एपिएफका ओपनर आसिफ शेखले ३८ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए ।

तीव्र गतिका बलर रामनरेश गिरीले तेस्रो ओभरको पहिलो बलमा ओपनर तथा कप्तान शरद भेषावकरलाई ४ रनमा गौतम केसीबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । तर दोस्रो विकेटका लागि शंकर राना र आसिफ शेखले ७२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । १६ औं ओभरको दोस्रो बलमा आसिफलाई लेगस्पिनर सोनु देवकोटाले पारस खड्काबाट क्याच गराएपछि एपिएफले त्यसपछि लगातार विकेट गुमाएको थियो ।
सोनुले भुवन कार्कीलाई १४ रनमा बोल्ड आउट गरे । २० औं ओभरको चौथो बलमा शंकरलाई सोनुले ज्ञानेन्द्र मल्लबाट २९ रनमा क्याच गराउँदै बागमतीलाई खेलमा फर्काएका थिए । शंकरले ५८ बलमा ३ चौका प्रहार गरे । सोनुले सुमित महर्जनलाई ४ रनमा पारस खड्काबाट क्याच आउट गराए । २८ औं ओभरको चौथो बलमा सोनुलेनै सन्दीप जोरालाई २५ रनमा बोल्ड आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरेका थिए । जोराले २३ बलमा २ चौका प्रहार गरे ।

सोनुले बसन्त रेग्मीलाई ३२ औं ओभरको पाँचौं बलमा ११ रनमा एलबिडब्लू आउट गर्दै ब्यक्तिगत ६ विकेट हात पारे । अमर सिंह राउटेला २७, प्रदीप ऐरी ८ र किशोर महतो ११ रनमा आउट भए ।
सोनु देवकोटाले १० ओभरमा ४१ रन खर्चेर ६ विकेट लिए । अरियो पौडेल र रामनरेश गिरीले २–२ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो ।
तल्लोक्रममा ब्याटिङ गरेका नन्दन यादव ५६ बलमा ७ चौका र २ छक्का सहित ६० रनमा अविजित रहे । छैटौं विकेटका लागि नन्दन यादव र आदिल खानले ७३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आदिल ४४ बलमा ४ चौका सहित ३४ रनमा क्याच आउट भए ।
बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ८४ बलमा ७ चौका सहित ५७ रनमा आउट भए । ओपनर आकाश थपालाई सातौं ओभरको दोस्रो बलमा अभिनाश बोहराले विकेटकिपर आसिफ सेखले १ रनमा क्याच आउट गराएका थिए । पारस खड्कालाई १७ औं ओभरको तेस्रो बलमा अनुभवी स्पिनर वसन्त रेग्मीले २९ रनमा भुवन कार्कीबाट क्याच आउट गराए । पारसले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
२८ औं ओभरको पहिलो बलमा ज्ञानेन्द्रलाई अमर सिंह राउटेलाले किशोर महतोबाट क्याच गराए । अमरले पृथु बास्कोटालाई ५ रनमा क्याच आउट गराए । ३५ औं ओभरको अन्तिम बलमा ईशान पाण्डेलाई किशोर महतोले शंकर रानाबाट ३१ रनमा क्याच आउट गराए । इशानले ४२ बलमा ३ चौका प्रहार गरे ।
एपिएफका अमर सिंह राउटेला र किशोर महतो २–२ विकेट लिए । वसन्त रेग्मी र अभिनाश बोहराले १–१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]