default_image

5 years ago

March 10, 2021

मेयर–११ विरुद्ध पुलिसको कमजोर प्रर्दशन

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा काठमाडौं मेयर–११ विरुद्ध कमजोर प्रर्दशन गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले २८ ओभर ४ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ । पुलिसका योगेन्द्र कार्की २२ र दीलिप नाथ १० रनमा अविजित छन् ।
पुलिसका ओपनर सुनिल धमला र कुशल भुर्तेलले ८.१ ओभरमा ५६ रनको साझेदारी उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछिका शीर्षक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा कमजोर प्रर्दशन गरेको छ ।

नवौं ओभरको पहिलो बलमा धमलालाई हरिशंकर शाहले विकेटकिपर खडक बहादुर बोहराले २२ रनमा स्टम्पिङ आउट गर्दै पहिलो सफलता दिलाएका थिए । धमलाले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । हरिले आफ्नो दोस्रो ओभर अर्थात ११ औं ओभरको पहिलो बलमा कुशललाई ३४ रनमा खडकबाटै स्टम्पिङ आउट गराए । कुशलले २९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

१६ औं ओभरको दोस्रो बलमा कप्तान सन्दीप लामिछानेले अनिल शाहलाई ६ रनमा खडकबाट क्याच गराए । २३ औं ओभरको चौथो बलमा स्पिनर विपिन खत्रीले दीपेन्द्रसिंह ऐरीलाई २४ रनमा सन्दीपबाट क्याच गराएपछि पुलिस दबाबमा परेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.