default_image

5 years ago

March 10, 2021

मेयर–११ लाई हराउँदै पुलिस फाइनलमा

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा पुगेको छ ।

पुलिसले बुधबार आफ्नो लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई १ सय ३ रनको फराकिलो अन्तरले हराउँदै लिगमा शीर्ष दुईमा रहँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि १ सय ९८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मेयर–११ ले ३१.२ ओभरमा ९४ रनमा अल आउट भयो ।

मेयर ११ का कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । स्पिनर सागर ढकालको दोस्रो ओभरको पाँचौं बलमा ठूलो सट खेलेका ओपनर हरि शंकर शाह दीपेन्द्रसिंह ऐरीबाट शून्यमा क्याच आउट हुन पुगे ।
दीपेन्द्रसिंह ऐरीले छैटौं ओभरको अन्तिम बलमा अर्का ओपनर खडकलाई विकेटकिपर दीलिप नाथबाट ८ रनमा क्याच गराए ।

आठौं ओभरको दोस्रो बलमा दीपेन्द्रले सन्दीप रजालीलाई एक रनमा अनिल साहबाट क्याच गराए । ऐरीलेनै १२ औं ओभरको चौथो बलमा प्रमुख ब्याट्सम्यान सौरभ खनाललाई ५ रनमा सुनिल धमलाबाट क्याच गराएपछि २३–४ संकटमा परेको थियो । ललित नारायण राजवंशीले रविन्द्रजंग शाहीलाई ६ रनमा दीलिप नाथबाट क्याच गराए । उक्त समय पुलिस १४.४ ओभरमा ३३–५ को कमजोर अवस्थामा पुगेको थियो ।


छैटौं विकेटका लागि कृष्ण कार्की र सन्दीप लामिछानेले ३५ रनको साझेदारी गरेका थिए । ललितले २१ औं ओभरको चौथो बलमा कृष्णलाई १९ रनमा बोल्ड गर्दै उक्त साझेदारी तोडेका थिए । कृष्णले २८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।


सन्दीप पवन सरार्फको २२ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा एज लागेपछि सन्दीप कटएण्ड बोल्ड आउट हुन पुगे । सन्दीपले १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
सन्दीपले १५ औं ओभरको अन्तिम बलमा खाता नखोलेको अवस्थामा जीवनदान पाएका थिए । ललित नारायण राजवंशीको बलमा ठूलो सट खेलेका सन्दीप मिडविकेटमा सागर ढकालले क्याच ड्रप गरेपछि छक्का बनेको थियो ।


सिद्धान्त लोहनी ३५ बलमा ३ चौका सहित १८ रनमा क्याच आउट भए । विवेक १ र विपिन खत्री ७ रनमा आउट भए । पुलिसका पवन सरार्फले ६.२ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा ३ मेडन सहित १८ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले २ र सागर ढकालले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिस ४७.४ ओभरमा १ सय ९७ रनमा अल आउट भएको थियो । पुलिसका योगेन्द्र सिंह कार्कीले ५५ बलमा ४ चौका सहित सर्वाधिक ४० रनको योागदान दिए ।

पुलिसका ओपनर सुनिल धमला र कुशल भुर्तेलले ८।१ ओभरमा ५६ रनको साझेदारी राम्रो सुरुवात दिएपनि त्यसपछिका ब्याट्सम्यान चल्न नसक्दा ठूलो इनिङ बनाउन सकेन । नवौं ओभरको पहिलो बलमा धमलालाई स्पिनर हरि शंकर शाहले विकेटकिपर खडक बहादुर बोहराले २२ रनमा स्टम्पिङ आउट गर्दै पहिलो सफलता दिलाए । धमलाले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । हरिले आफ्नो दोस्रो ओभर अर्थात ११ औं ओभरको पहिलो बलमा कुशललाई ३४ रनमा खडकबाटै स्टम्पिङ आउट गराए । कुशलले २९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

१६ औं ओभरको दोस्रो बलमा कप्तान सन्दीप लामिछानेले अनिल शाहलाई ६ रनमा खडकबाट क्याच गराए । २३ औं ओभरको चौथो बलमा स्पिनर विपिन खत्रीले दीपेन्द्रसिंह ऐरीलाई २४ रनमा सन्दीपबाट क्याच गराएपछि पुलिस दबाबमा परेको थियो । तल्लोक्रमका सन्दीपले बोल्ड आउट गर्नुअघि पवन सरार्फले ५१ बलमा ३ चौका सहित २८ रन बनाए ।

दीलिप नाथ १२, मन्जित श्रेष्ठ ३, गुल्सन झा ५ र सागर ढकाल ६ रनमा आउट भए । मेयर–११ का स्पिनर विपिन खत्रीले ९ ओभरमा १ मेडन ५४ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । हरिशंकरले शाहले ९.४ ओभरमा २ मेडन सहित २८ रन खर्चेर ३ विकेट लिए । अनिल खरेलले १ एक विकेट लिए ।

पुलिस ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । पुलिसले बागमतीलाई २ रन र आर्मीलाई ३ विकेटले हराएको थियो । एपिएफसँग १ विकेटले पराजित भएको थियो ।


एपिएफ ३ खेलमा २ जित र १ मा हार सहित दोस्रो स्थानमा छ । अन्तिम खेलमा एपिएफले काठमाडौं मेयर–११ लाई पराजित गरेको खण्डमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको फाइनल पुग्ने सम्भावना सकिने छ । एपिएफ पराजित भएको खण्डमा भने नेट रनरेटको आधारमा एक टोलीले फाइनलमा स्थान बनाउने छ ।


आर्मी, बागमती र मेयर ११ समान ३ खेलमा समान नतिजाका साथ २ मा हार र १ मा जित सहित २ अंकका साथ नेट रनरेटको आधारमा क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.