default_image

5 years ago

March 11, 2021

होपको शतकमा वेस्टइन्डिजको सानदार जित

129 views

0 Bookmark

एजेन्सी – ओपनर साई होपको शतकको सहयोगमा वेस्टइन्डिजले श्रीलंकासँगको पहिलो ओडिआई खेलमा ८ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै तीन ओडिआई सिरिजमा घरेलु टोली वेस्टइन्डिजले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४७ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।


ओपनर साई होपले १ सय १० रनको शतकीय इनिङ खेले । ओडिआई करिअरको १० औं शतक प्रहार गरेका होपले १ सय ३३ बलमा १२ चौका र १ छक्का प्रहार गरे । होपलाई दुश्मन्था चमेराले बोल्ड आउट गरे । एभिन लुइस ९० बलमा ४ चौका र २ छक्का सहित ६५ रनमा आउट भए । पहिलो विकेटका लागि एभिन लुइस र साई होपले २८.२ ओभरमा १ सय ४३ रनको उत्कृष्ट साझेदारी गर्दै सहज जित दिलाएका थिए । डरेन व्राभो ३७ र जेसन मोहम्मद १३ रनमा अविजित रहे । दुश्मन्था चमेराले २ विकेट लिए ।


त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियम अन्टिगुआमा टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंका ४९ ओभरमा २ सय ३२ रनमा अल आउट भएको थियो । श्रीलंका ओपनर दनुष्का गुणथिलका र कप्तान दिमुथ करुणारत्नेले १९.२ ओभरमा १ सय ५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि त्यसपछिका ब्याट्सम्यान चल्न नसक्दा मध्यम योगफलमै समेटिएको थियो । दनुष्का ६१ बलमा ७ चौका सहित ५५ रनमा आउट भए । कप्तान करुणारत्ने ६१ बलमा ४चौका सहित ५२ रनमा आउट भए ।


तल्लोक्रमका ऐशन बान्डारा ६० बलमा ४ चौका सहित ५० रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । वेस्टइन्डिजका जेसन मोहम्मद र जेसन होल्डरले २–२ विकेट लिए । अल्जारी जोसेफ, काइरन पोलार्ड र फबियन एलेनको नाममा १–१ विकेट रह्यो । दोस्रो खेल शुक्रबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.