default_image

5 years ago

March 11, 2021

आर्मीविरुद्ध पारसको अर्धशतक

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली तथा बागमती प्रदेशका प्रमुख ब्याट्सम्यान पारस खड्काले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा त्रिभुवन आर्मी क्लबविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले २८ ओभरमा ४ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ । पारस खड्का ८२ बलमा ४ चौका र १ छक्का सहित ५५ रनमा खेलिरहेका छन् । पारसले ८० बलमा अर्धशतक पूरा गरे । पारसले २८ औं ओभरको दोस्रो बलमा एक्स्ट्रा कभरमा तीव्र गतिका बलर जितेन्द्र मुखियालाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका छन् । पारसलाई आदिल खानले ७ रनमा साथ दिएका छन् ।

अर्धशतक अघि पारसले एक जीवनदान पाएका थिए । स्पिनर साहब आलमको २१ औं ओभरको अन्तिम बलमा लङअनमा वैकल्पिक फिल्डर राजु रिजालले पारसको व्यक्तिगत ४० रनमा क्याच ड्रप गर्न पुगेका थिए ।

तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको पहिलो बलमै विकेटकिपर आकाश थापालाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई ६ विनोदबाट क्याच गराउँदै बागमतीलाई ११–२ को कमजोर अवस्थामा पुर्याए ।

पारसले तेस्रो विकेटका लागि युवा ब्याट्समयान ईशान पाण्डेसँग ७३ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । २२ औं ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाले ईशानलाई २६ रनमा एलबिडब्लू आउट गरे । ईशानले ५४ बलमा ४ चौका प्रहार गरे ।

साहबको २५ औं ओभरको अन्तिम बलमा पृथु बास्कोटा स्लिपमा करण केसीबाट १२ रनमा समातिन पुगे । पृथुले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.