5 years ago
March 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा बागमती प्रदेशका प्रमुख ब्याट्सम्यान पारस खड्काले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा त्रिभुवन आर्मी क्लबविरुद्ध सानदार शतक प्रहार गरेका छन् ।

टियु क्रिकेट मैदानमा जारी खेलमा पारसले १ सय २२ बलमा शतक पूरा गरे । पारसले १ सय २२ बलमा ९ चौका र २ छक्का सहित शतक पूरा गरे । पारसले ४० औैं ओभरको चौथो बलमा कुशल मल्लको बलमा एक रन बटुल्दै शतक पूरा गरेका थिए । त्यसअघि पारसले ८० बलमा अर्धशतक पूरा गरेका थिए ।
पारसले २८ औं ओभरको दोस्रो बलमा एक्स्ट्रा कभरमा तीव्र गतिका बलर जितेन्द्र मुखियालाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । अर्धशतक अघि पारसले एक जीवनदान पाए । स्पिनर साहब आलमको २१ औं ओभरको अन्तिम बलमा लङअनमा वैकल्पिक फिल्डर राजु रिजालले पारसको ब्यक्तिगत ४० रनमा क्याच ड्रप गर्न पुगेका थिए ।
पारसले ७८ रनमा पनि जीवनदान पाए । ३६ औं ओभरमा कुशल मल्ललाई लगातार तेस्रो चौका प्रहार गर्नेक्रममा लङअनमै साहब आलमले लङअनमै क्याच छोड्न पुगेका थिए ।
तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको पहिलो बलमै विकेटकिपर आकाश थापालाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई ६ विनोदबाट क्याच गराउँदै बागमतीलाई ११–२ को कमजोर अवस्थामा पुर्याए ।
पारसले तेस्रो विकेटका लागि युवा ब्याट्समयान ईशान पाण्डेसँग ७३ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । २२ औं ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाले ईशानलाई २६ रनमा एलबिडब्लू आउट गरे । ईशानले ५४ बलमा ४ चौका प्रहार गरे ।
साहबको २५ औं ओभरको अन्तिम बलमा पृथु बास्कोटा स्लिपमा करण केसीबाट १२ रनमा समातिन पुगे । पृथुले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे । पाँचौं विकेटका लागि पारसले आदिल खानसँग ७६ रनको साझेदारी गरेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]