default_image

5 years ago

March 11, 2021

विनोदको उत्कृष्ट शतकका बाबजुद आर्मी पराजित

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विनोद भण्डारीको उत्कृष्ट शतकको बाबजुद त्रिभुवन आर्मी क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशसँग १० रनले पराजित भएको छ ।

जितका लागि २ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको आर्मी ४७.१ ओभरमा २ सय ५६ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोदले १ सय १४ बलमा ८ चौका र ७ छक्का सहित १ सय १९ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् । विनोद बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा आर्मी पराजित हुन पुगेको हो ।


विनोदले ४२ औं ओभरको चौथो बलमा स्पिनर अरियो पौडेललाई लङअङतर्फ बल प्रहार गर्दै सिंगलका साथ शतक पूरा गरेका थिए । विनोदले ९६ बलमा ८ चौका र ५ छक्का सहित शतक प्रहार गरेका थिए । विनोद अरियोको ४६ औं ओभरको अन्तिम बलमा स्टम्पिङ आउट हुँदा आर्मीलाई जितको लागि १३ रन आवश्यक हुँदा एक विकेट आवश्यक थियो । अरियोले जितेन्द्र मुखियालाई एक रनमा एलबिडब्लू आउट गर्दै बागमतीको जित पक्का गरे ।


विनोदले अघिल्लो महिना सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध १ सय ११ रनको अविजित शतकीय इनिङ खेलेका थिए । घरेलु एक दिवसिय क्रिकेटका विनोदको यो तेस्रो शतक हो ।

युवा ब्याट्सम्यान लोकेश बम ३८ बलमा ७ चौका र १ छक्का सहित ४६ रनमा आउट भए । हरि चौहान ९, रोहित कुमार पौडेल १५, कुशल मल्ल शून्य, राजेश पुन मगर ९ रनमा आउट भए । करण केसी ४२ बलमा २ चौका र १ छक्का सहित २४ रनमा आउट भए ।


स्पिनर अरियो पौडेलले ८.१ ओभरमा ४६ रन खर्चेर ५ विकेट लिए । रामनरेश गिरीले २, नन्दन यादव, पारस खड्का र सोनु देवकोटाले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमती ४९.४ ओभरमा २ सय ६६ रनमा अल आउट भएको थियो । बागमतीका पारस खड्काले १ सय ३३ बलमा ११ चौका र २ छक्का सहित १ सय १९ रनको सानदार शतकीय इनिङ खेले ।

पारसले १ सय २२ बलमा शतक पूरा गरेका थिए । पारसले ४० औैं ओभरको चौथो बलमा कुशल मल्लको बलमा एक रन बटुल्दै शतक पूरा गरेका थिए । त्यसअघि पारसले अर्धशतक ८० बलमा पूरा गरेका थिए । पारसले २८ औं ओभरको दोस्रो बलमा एक्स्ट्रा कभरमा तीव्र गतिका बलर जितेन्द्र मुखियालाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । अर्धशतक अघि पारसले एक जीवनदान पाए । स्पिनर साहब आलमको २१ औं ओभरको अन्तिम बलमा लङअनमा वैकल्पिक फिल्डर राजु रिजालले पारसको ब्यक्तिगत ४० रनमा क्याच ड्रप गर्न पुगेका थिए ।

पारसले ७८ रनमा पनि जीवनदान पाए । ३६ औं ओभरमा कुशल मल्ललाई लगातार तेस्रो चौका प्रहार गर्नेक्रममा लङअनमै साहब आलमले लङअनमै क्याच छोड्न पुगेका थिए । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको पहिलो बलमै विकेटकिपर आकाश थापालाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई ६ विनोदबाट क्याच गराउँदै बागमतीलाई ११–२ को कमजोर अवस्थामा पुर्याए ।पारसले तेस्रो विकेटका लागि युवा ब्याट्समयान ईशान पाण्डेसँग ७३ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । २२ औं ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाले ईशानलाई २६ रनमा एलबिडब्लू आउट गरे । ईशानले ५४ बलमा ४ चौका प्रहार गरे ।

साहबको २५ औं ओभरको अन्तिम बलमा पृथु बास्कोटा स्लिपमा करण केसीबाट १२ रनमा समातिन पुगे । पृथुले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे । पाँचौं विकेटका लागि पारसले आदिल खानसँग ७६ रनको साझेदारी गरेका थिए । आदिल खान २१ रनमा आउट भए ।
पारसलाई ४३ औं ओभरको चौथो बलमा सोमपाल कामीले जितेन्द्र मुखियाबाट क्याच गराए । नन्दन यादव २५ बलमा ५ चौका र १ छक्का सहित ४२ रनमा अविजित रहे ।

आर्मीका तीव्र गतिका बलर सोमपाल कामीले १० ओभरमा ६५ रन खर्चेर ५ विकेट लिए । विक्रम सोब, जितेन्द्र मुखिया, साहब आलम र करण केसीले १–१ विकेट लिए ।

लिगमा पुलिस ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो । एपिएफ ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेट रनरेटमा दोस्रो हुँदै फाइनलमा स्थान बनाएको छ । फाइनल शनिबार हुने छ । आर्मी, बागमती र मेयर ११ लिग चरणबाट बाहिरिएका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.