5 years ago
March 11, 2021
एजेन्सी – अफगानिस्तानका शीर्षक्रमका ब्याट्सम्यान हशमतुल्लाह शाहिदीले जिम्बावेविरुद्ध दोस्रो टेष्ट खेलमा ऐतिहासिक दोहोरो शतक प्रहार गरेका छन् ।

बिहिबार हशमतुल्लाह अफगानिस्तानबाट टेष्टमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले पहिलो इनिङमा ५४५-४ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । अफगानिस्तानका हशमतुल्लाह शाहिदी ४ सय ४३ बलमा २१ चौका र १ छक्का सहित २ सय रनमा अविजित रहे । समग्रमा अफगानिस्तानबाट टेष्टमा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन् ।
कप्तान अस्गर अफगान २ सय ५७ बलमा १४ चौका र २ छक्का सहित १ सय ६४ रनमा आउट भए । अफगानको पनि टेष्ट करिअरको पहिलो शतक हो । चौथो विकेटका लागि हशमतुल्लाह शाहिदी र अस्गर अफगानले ३ सय ७ रनको उत्कृष्ट साझेदारी गरेपछि अफगानिस्तान पहिलो इनिङमा आफ्नो टेष्ट इतिहासकै सर्वाधिक योगफल हो । उक्त साझेदारी अफगानिस्तानबाट टेष्टमा बनेको सर्वाधिक पर्दछ ।

इब्राहिम जद्रान १ सय ३० बलमा ८ चौका सहित ७२ रनमा क्याच आउट भए । जावेद अहमद ४ र रहमात शाह २३ रनमा आउट भए । नसिर जमाल ५५ रनमा अविजित रहे । जिम्बावेका रयान र्बुल, मुर्जाबानी र भिक्टर न्याउची १–१ विकेट लिए । पहिलो इनिङ थालेको जिम्बावेले दोस्रो दिनको समाप्तिमा १७ ओभरमा ५० रन जोड्न कुनै विकेट गुमाएको छैन ।
पहिलो टेष्टमा जिम्बावे १० विकेटले विजयी भएकोा थियो । दुई टेष्ट सिरिज जित्न जिम्बावेलाई बराबरीनै पर्याप्त हुने छ । यता अफगानिस्तान सिरिज गुमाउनबाट बच्न अन्तिम खेल जित्नुपर्ने हुन्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]