5 years ago
March 12, 2021
एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टि२० आई खेल आज हुँदै छ । पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेल आज बेलुका ७ : १५ नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुने छ ।

विश्वकै सर्वाधिक ठूलो क्रिकेट स्टेडियममा दुबै टोली सिरिजमा सखुद सुरुवात गर्ने सोचमा छन् । यस सिरिजलाई आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकप तयारीको रुपमा हेरिएको छ । चार टेष्ट सिरिज ३–१ ले जितेको भारतको मनोबल उच्च छ । पछिल्ला दुबै टेष्टमा भारतले इंग्ल्यान्डमाथि नरेन्द्र मोदी स्टेडियममा सहजै जितेको थियो । टेष्टमा स्पिनर हाबी बन्दा टि२० मा पनि त्यस्तै अपेक्षा गरिएको छ । भारत घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रर्दशन गर्न चाहन्छ ।

विश्व टि२० वरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै सिरिज जित्ने सोचमा छ । इंग्ल्यान्डको कप्तानी ओईन मोर्गनले गर्ने छन् । शीर्षक्रममा जेसन रोय, डेविड मलान, लिभिङस्टोन, जोनी बेयरस्टो, जस बटलर जस्ता ब्याट्सम्यान छन् । विश्व टि२० आई वरियतामा नम्बर वान ब्याट्सम्यान मलान भारतीय बलरलाई घातक बन्न सक्छन् । इंग्ल्यान्डको ओपनिङ रोय र बटलरले गर्ने सम्भावना छन् । मलान, लिभिङस्टोन र कप्तान मोर्गनले शीर्ष र मध्यक्रम सम्हाल्ने छन् ।

तल्लोक्रममा बेन स्टोक्स, साम करन र टम करन हुने छन् । तीव्र गतिको बलरमा जोफ्रा आर्चर प्रमुख हतियार हुन् । आर्चरलाई क्रिस जोर्डनले साथ दिने छन् । पिच स्पिनर सहयोगी हुँदा मोइन अली र आदिल राशिद दुबै खेल्ने सम्भावना छ । इंग्ल्यान्ड टि२० मा वरियतामा शीर्षस्थानमा कायम रहन यो सिरिज जित्नुपर्ने दबाब पनि छ । मोर्गन, स्टोक्स र आर्चर प्रमुख हतियार हुन् ।

भारतको ओपनिङ लोकेश राहुल र रोहित शर्माले गर्ने सम्भावना छ । लोकेशले ओपनिङ गर्दा शिखर धवन बेन्चमा बस्नुपर्ने हुन्छ । रोहित र राहुल दुबै उच्च लयमा छन् । कप्तान विराट कोहली तेस्रो नम्बरमा ब्याटिङ गर्ने छन् । चौथो नम्बरमा श्रेयस ऐर वा सूर्यकुमार यादव मध्य एकले मौका पाउने छन् । आइपिएलमा मुम्बईबाट लगातार उत्कृष्ट प्रर्दशन गरि रहेको सूर्य डेब्यूको प्रतीक्षामा छन् । पाँचौं र छैटौं नम्बरमा भारतका आक्रामक ब्याट्सम्यान ऋषभ पन्त र हार्दिक पान्ड्या छन् ।

यी दुईको प्रर्दशन भारतलाई निकै महत्वपूर्ण हुने छ । टेष्टमा उत्कृष्ट प्रर्दशन गरेका पन्त टि२० आईमा त्यस्तै प्रर्दशन गर्न चाहन्छन् । भारतको टि२० विश्वकप टोलीमा स्थान पक्का गराउन पन्तलाई यस सिरिजमा उच्च प्रर्दशन गर्न निकै आवश्यक देखिन्छ । भारतले अक्षर पटेल वा वासिन्टन सुन्दर मध्य एक स्पिनरलाई मौका दिने छ । सुन्दरको सम्भावना बढी छ । दीपक चहर र भुवनेश्वर कुमार तीव्र गतिको बलरमा खेल्ने छन् । योर्कर स्पेलिष्ट टि नटराजन पूर्णरुपमा फिट नहुँदा खेल्ने वा नखेल्ने अनिश्चित छ । लेग स्पिनर युजभेन्द्र चहल घातक बन्न सक्छन् ।
यी दुई टोलीबीच १४ टि२० आई खेल भएको छ । दुबै टोलीले ७–७ जित निकालेका छन् । पछिल्ला पाँच टि२० खेलमा ४ खेलमा भारत विजयी हुँदा १ खेलमा पराजित भएको छ । यी दुई टोलीबीच अन्तिम टि२० खेल २०१८ जुलाईमा भएको थियो । उक्त खेलमा भारतले १ सय ९९ रनको लक्ष्य १८.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै सिरिज २–१ ले जितेको थियो । उक्त खेलमा रोहित शर्माले शतकीय इनिङ खेलेका थिए ।
भारतमा हुने टि२० विश्वकपमा स्थान बनाउन दुबै देशका खेलाडीलाई उच्च प्रर्दशन गर्नुपर्ने हुन्छ । विश्व टि२० वरियतामा शीर्ष स्थानमा रहेका मलान र तेस्रो नम्बरका राहुल आगमी आइपिएल पन्जाब किंग्सबाटसँगै खेल्दै छन् । यी दुबैको प्रर्दशन महत्वका साथ हेरिएको छ । भारत टि२० वरियतामा दोस्रो र इंग्ल्यान्ड पहिलो स्थानमा छ । यी दुई देशबीचको प्रतिस्पर्धा उच्च हुने अपेक्षा गरिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]