5 years ago
March 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको उपाधि जित्ने लक्ष्य रहेको नेपाल एपिएफ क्लबका कप्तान शरद भेषावकर र नेपाल पुलिस क्लबका कप्तान मन्जित श्रेष्ठले बताएका छन् ।

शुक्रबार टियु क्रिकेट मैदानमा फाइनल अघि बोल्दै दुवै कप्तानले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका कप्तान शरद भेषावकरले टोली राम्रो लयमा रहेको र उपाधि जित्न सबै खेलाडी उत्साहित पनि रहेको बताए । शरदले लिग खेलमा पुलिसलाई हराएपनि कमजोर भने नरहेको बताए । सबैको प्रर्दशनले राम्रो प्रर्दशनका साथ फाइनलमा आएको हुँदा टोलीको आत्माविश्वास पनि उच्च रहेको बताए ।
नेपाल पुलिसका कप्तान मन्जित श्रेष्ठले तयारी राम्रो भएको हुँदा उपाधि जित्नेमा आत्माविश्वासी रहेको बताए । एपिएफ राम्रो टोली हुँदा योजनाका साथ खेल्ने बताए । मन्जितले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने बताए ।
पाँच टोली सहभागी प्रतियोगितामा एपिएफ र पुलिस लिगमा शीर्ष दुई स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् । फाइनल शनिबार टियु क्रिकेट मैदानमा हुने छ । पुलिस ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनायो । पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई २ रनले हराएको थियो । दोस्रो खेलमा एपिएफसँग १ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा आर्मीलाई ३ विकेट र अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई १ सय ३ रनले हराएको थियो ।
एपिएफले पहिलो खेलमा आर्मी र दोस्रोमा पुलिसलाई समान १–१ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा बागमती प्रदेशसँग २७ रनले पराजित हुँदा अन्तिम खेलमा मेयर–११ लाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
मेयर कप–२०७७ को विजेताले पाँच लाख रुपैयाँ पाउने छ । उप विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् । प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरले २५-२५ हजार पाउने छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]