default_image

5 years ago

March 12, 2021

भारतविरुद्ध पहिला बलिङ गर्दै इंग्ल्यान्ड

178 views

0 Bookmark

एजेन्सी – भारतसँगको पहिलो टि२० खेलमा इंग्ल्यान्डले पहिला बलिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

भारतले प्रमुख ओपनर रोहित शर्मालाई टोली बाहिर राखेको छ । कप्तान विराट कोहलीले पहिलो खेलमा रोहितलाई विश्राम दिएको जनाएका छन् । तीव्र गतिका बलर भुवनेश्वर टोलीमा फर्किएका छन् । भारत तीन स्पिनरका साथ मैदान उत्रेको छ । इंग्ल्यान्डले प्रमुख तीन तीव्र गतिका बलर खेलाएको छ ।

विश्वकै सर्वाधिक ठूलो क्रिकेट स्टेडियममा दुबै टोली सिरिजमा सखुद सुरुवात गर्ने सोचमा छन् । यस सिरिजलाई आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकप तयारीको रुपमा हेरिएको छ । यी दुई टोलीबीच १४ टि२० आई खेल भएको छ । दुबै टोलीले ७–७ जित निकालेका छन् । पछिल्ला पाँच टि२० खेलमा ४ खेलमा भारत विजयी हुँदा १ खेलमा पराजित भएको छ । यी दुई टोलीबीच अन्तिम टि२० खेल २०१८ जुलाईमा भएको थियो । उक्त खेलमा भारतले १ सय ९९ रनको लक्ष्य १८।४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै सिरिज २–१ ले जितेको थियो । उक्त खेलमा रोहित शर्माले शतकीय इनिङ खेलेका थिए ।

भारतको प्लेइङ ११ : लोकेश राहुल, शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस ऐर, ऋषभ पन्त, हार्दिक पान्ड्या, वासिन्टन सुन्दर, अक्षर पटेल, भुवनेश्वर कुमार, शार्दुल ठाकुर र युजभेन्द्र चहल ।

इंग्ल्यान्डको प्लेइङ ११ : जेसन रोय, जस बटलर (विकेटकिपर), डेविड मलान, जोनी बेयरस्टो, ओईन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, जोफ्रा आर्चर, क्रिस जोर्डन, आदिल राशिद र मार्क वुड ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.