default_image

5 years ago

March 12, 2021

इंग्ल्यान्डसामु चलेन भारतको ब्याटिङ

213 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जोफ्रा आर्चरको उत्कृष्ट बलिङमा भारतले पहिलो टि२० खेलमा इंग्ल्यान्डलाई १ सय २५ रनको सामान्य लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो ।

युवा ब्याट्सम्यान श्रेयस ऐरले ४८ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६७ रन बनाउदै घरेलु टोली भारतको साख जोगाए । अन्य ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन ।

तीव्र गतिका बलर जोफ्रा आर्चरको दोस्रो ओभर दोस्रो बलमा ओपनर लोकेश राहुल (केएल) इनसाइड एज लागेर १ रनमा बोल्ड हुन पुगे । दोस्रो ओभर विकेट मेडनका राख्दै आर्चरले भारतलाई दबाबमा राखेका थिए ।

स्पिनर आदिल राशिदको तेस्रो ओभरको तेस्रो बलमा कप्तान विराट कोहली मिडअफमा क्रिस जोर्डनबाट शून्यमा समातिएपछि सुरुवातमै भारत दबाबमा परेको थियो । पाँचौं ओभरको अन्तिम बलमा मार्क वुडले ओपनर शिखर धवनलाई ४ रनमा बोल्ड आउट गरे । वुडको गति धवनले चाल पाउन सकेनन् ।

बेन स्टोक्सको १० औं ओभरको अन्तिम बलमा विकेटकिपर ऋषभ पन्त डिप स्क्वायर लेगमा जोनी बेयरस्टोबाट २१ रनमा समातिन पुगे । पन्तले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे । ४८–४ को कमजोर अवस्थामा पुगेको भारतलाई पाँचौ विकेटका लागि हार्दिक र श्रेयसले ४४ बलमा ५४ रनको साझेदारी गरेका थिए ।

हार्दिक पान्ड्या २१ बलमा १ चौका र १ छक्का सहित १९ रनमा क्याच आउट भए । हार्दिक आर्चरको बलमा जोर्डनबाट सहज क्याच आउट भए । लगत्तै अर्को बलमा शादूल ठाकुर गोल्डेन गक आउट भए । अक्षर पटेल ७ र वासिन्टन सुन्दर ३ रनमा अविजित रहे ।

जोफा आर्चरले ४ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । क्रिस जोर्डन, बेन स्टोक्स, आदिल राशिद र मार्कवुडले १–१ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.