default_image

5 years ago

March 13, 2021

उपाधिको लागि एपिएफ र पुलिस भिड्दै

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९:३० मा टियु मैदानमा सुरु हुने छ ।

पुलिस लिगमा शीर्ष र एपिएफ दोस्रो हुँदै फाइनल खेल्न लागेका हुन् । एक महिना अघि सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा आर्मीसँग फाइनलमा पराजित भएको एपिएफ त्यो गल्तीबाट पाठ सिक्दै च्याम्पियन बन्न चाहन्छ । एपिएफको शरद भेषावकरले कप्तानी गर्ने छन् । नेपाली घरेलु क्रिकेटका सफल कप्तान मानिने शरद भेषावकरको नेतृत्वमा रहेको एपिएफले यस प्रतियोगिता लिग खेलमा पुलिसलाई १ विकेटले हराएको थियो । पुलिसले प्रस्तुत गरेको २ सय ५९ रनको विजयी लक्ष्य एपिएफले ९ विकेटको क्षतिमा १ बल अगाडि पूरा गरेको थियो । उक्त खेलमा पुलिसका दीपेन्द्रसिंह ऐरी १ सय ४० रनको शतकीय इनिङ खेर गएको थियो ।

एपिएफले जितेका तीनै खेल लक्ष्य पछ्याउँदा छ । आर्मीले प्रस्तुत गरेको २ सय ३६ रनको विजयी लक्ष्य एपिएफले २ बल अगाडि ९ विकेट गुमाउँदै पूरा गरेको थियो । एपिएफका आसिफ शेख, सन्दीप जोरा र अमरसिंह राउटेलाले यस प्रतियोगितामा निरन्तर राम्रो प्रर्दशन गरि रहेका छन् । राम्रो सुरुवात दिलाएपनि ठूलो इनिङमा बदल्न भने सकेका छैनन् ।

जुन फाइनलमा आवश्यक देखिन्छ । कप्तान शरद भेषावकरलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । तीव्र गतिका बलरमा अभिनाश बोहरा र कमलसिंह ऐरी पुलिसलाई घातक बन्न सक्छन् । स्पिनरमा वसन्त रेग्मी र भुवन कार्कीको प्रर्दशन निकै महत्वपूर्ण हुन्छ । ओपनर प्रदीप ऐरी र सुबास खकुरेल चोटका कारण खेल्ने सम्भावना कम छ ।

यता पुलिसले अपेक्षा अनुसार प्रर्दशन गर्न सकेको छैन । शीर्षक्रमका ब्याट्सम्यान सुनिल धमला, कुशल भुर्तेल र अनिल कुमार शाहलाई ठूलो इनिङ र राम्रो सुरुवात दिन आवश्यक देखिन्छ । यस प्रतियोगितामा ब्याटिङ र बलिङ दुबैमा उच्च प्रर्दशन गरि रहेका दीपेन्द्र सिंह ऐरी र पवन सरार्फको प्रर्दशन पुलिसको लागि निकै महत्वपूर्ण हुने छ । तुलनात्मक रुपमा कमजोर तीव्र गतिका बलर रहेको पुलिसका स्पिनर सागर ढकाल र ललित नारायण राजवंशी एपिएफलाई घातक बन्न सक्छन् । तीव्र गतिका प्रमुख बलरमा गुलसन झा र राशिद खान छन् । यी दुई मध्य एकले मौका पाउने छन् । राशिद नेपालबाट खेल्दा गुलशनले यस प्रतियोगितामा मेयर–११ विरुद्ध खेलेका थिए । गुलशनमा अनुभवको कम हुँदा राशिदले मौका पाउने सम्भावना बढी छ । दबाबमा अनुभवी खेलाडीलाई खेल्न सहज हुन्छ ।

पुलिस ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनायो । पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई २ रनले हराएको थियो । दोस्रो खेलमा एपिएफसँग १ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा आर्मीलाई ३ विकेट र अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई १ सय ३ रनले हराएको थियो ।

एपिएफले पहिलो खेलमा आर्मी र दोस्रोमा पुलिसलाई समान १–१ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा बागमती प्रदेशसँग २७ रनले पराजित हुँदा अन्तिम खेलमा मेयर–११ लाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

मेयर कप–२०७७ को विजेताले पाँच लाख रुपैयाँ पाउने छ । उप विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् । प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरले २५-२५ हजार पाउने छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.