default_image

5 years ago

March 13, 2021

लुईसको शतकमा वेस्टइन्डिजलाई सिरिज

141 views

0 Bookmark

एजेन्सी – ओपनर एभिन लुईसको शतकमा वेस्टइन्डिजले श्रीलंकाविरुद्ध तीन ओडिआई सिरिज एक खेल अगावै २–० ले जितेको छ । दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजले श्रीलंकालाई ५ विकेटले हराउँदै सिरिज एक खेल अगावै जितेको हो ।

जितको लागि २ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । एभिन लुइस १ सय २१ बलमा ८ चौका र ४ छक्का सहित १ सय ३ रनमा आउट भए । लुइसको यो ओडिआई करिअरको चौथो औं शतक हो । अर्का ओपनर साई होप १ सय ८ बलमा ६ चौका सहित ८४ रनमा आउट भए ।

पहिलो विकेटका लागि लुइस र होपले ३७.२ ओभरमा १ सय ९२ रनको साझेदारी गरेका थिए । निकोलस पुरन ३५, ड्रेन व्राभो १०, काइरन पोलार्ड र फबियन एलेन १५–१५ रन बनाए । श्रीलंका थिसेरा परेरा र नुवान प्रदीपले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७३ रन बनाएको थियो । श्रीलंका ओपनर दनुष्का गुणथिलाका ९६ बलमा १० चौका र ३ छक्का सहित ९६ रनमा आउट भए । जेसन मोहम्मदले बोल्ड आउट गरेपछि उनी शतक बनाउन चार रनले चुकेका थिए ।

विकेटकिपर दीनेश चान्डिमल ९८ बलमा ३ चौका र २ छक्का सहित ७१ रनमा आउट भए । वानिन्दु हसरंगा ३१ बलमा २ चौका र ४ छक्का सहित ४७ रनमा आउट भए । वेस्टइन्डिजका जेसन मोहम्मदले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफले २, जेसन होल्डर र अकील होसनले १–१ विकेट लिए ।

पहिलो खेलमा वेस्टन्डिज ८ विकेटले विजयी भएको थियो । तेस्रो ओडिआई खेल आइतबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.