default_image

5 years ago

March 13, 2021

एपिएफको खराब सुरुवात

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबविरुद्ध खराब सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले सुरुवाती १४ ओभरमा ५ विकेट गुमाउँदै ५१ रन बनायो । सुमित महर्जन ३ र वसन्त रेग्मी २ रनमा अविजित छन् ।

तीव्र गतिका युवा बलर गुलशन झाले पहिलो ओभरको पाँचौं बलमा ओपनर शंकर रानालाई ४ रनमा अनिल शाहबाट क्याच आउट गराए । दोस्रो ओभरको तेस्रो बलमा सागर ढकालले आसिफ शेखलाई शून्यमा क्याच गराए । गुलशनले तेस्रो ओभरको पहिलो बलमा कप्तान शरद भेषावकरलाई विकेटकिपर दीलिप नाथबाट शून्यमा क्याच आउट गराएपछि १०–३ को कमजोर अवस्थामा पुगेको थियो ।

चौथौ विकेटका लागि भुवन कार्की र सन्दीप जोेराले ३२ रनको साझेदारी गरेका थिए । गुलशनले नवौं ओभरको पाँचौं बलमा भुवन कार्कीले दीलिपबाटै १४ रनमा क्याच आउट गराए । १३ औं ओभरको पहिलो बलमा ललित नारायण राजवंशीले सन्दीप जोरालाई १८ रनमा एलबिडब्लू आउट गर्दै ४७–५ को कमजोर अवस्थामा पुर्याए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.