5 years ago
March 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला ७७ नम्बर कुर्सी नेपाल क्रिकेट फ्यान अन फेसबुक (एनसिएफएफ) ले सुरक्षित गरेको छ ।

शनिबार एनसिएफएफले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिषरमा धुर्मुस सुन्तली फाउन्डेसनका सदस्य कुमार कट्टेल (जिग्री) लाई १ लाख रुपैयाँ हस्तान्तरण गर्दै ७७ नम्बर कुर्सी सुरक्षित गरेको हो । काठमाडौं मेयर कप २०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा नेपाल पुलिस र नेपाल एपिएफ क्लबबीचको खेलको क्रममा कट्टेललाई एनसीएफएफका सदस्य सन्जिव खड्काले एक कार्यक्रमकाबीच १ लाखको चेक हस्तान्तरण गरे । रंगशालालाई सहयोग र पारस खड्काले नेपाली क्रिकेटलाई दिएको योगदानलाई कदर गर्दै उनको जर्सी नम्बर ७७ को कुर्सी किनेको हो ।
एनसीएफएफले सहयोग गरेपछि कुमार कट्टेलले आफ्नो देशमा बनिरहेको रंगशालामामा सकारात्मक सोच बोकेका युवाहरुको योगदानलाई सम्मान गर्दै एनसीएफएफ परिवारलाई धन्यवाद दिए । समर्थकहरुबाट संकलन गरेको रकममार्फत यस अवधारणामा सामेल भएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणमा आर्थिक सहयोग जुटाउन ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा फाउन्डेसनले ल्याएको छ । यस अभियान अन्तर्गत प्रत्येक व्यक्ति, संस्था र समूहले आ आफ्नो नाम वा परिवारको साथै अन्य नाममा कुर्सी सुरक्षित गर्न सक्ने छन् । एउटा कुर्सी सुरक्षित गर्न १ लाख रुपैयाँ तिनुपर्ने हुन्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]