5 years ago
March 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको च्याम्पियन बनेको छ । शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ८ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको छ । विजेता पुलिसले ५ लाख र उपविजेता एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका ओपनर सुनिल धमला ८२ बलमा ७ चौका र २ छक्का सहित ५९ रनमा अविजित रहे । धमलाले २३ औं ओभरको चौथो बलमा अभिनाश बोहरालाई छक्का प्रहार गर्दै ७६ बलमा अर्धशतक पूरा गरेका थिए ।
दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे । दीपेन्द्रले अभिनाश बोहरालाई छक्का प्रहार गर्दै खेल सकाएका थिए । अनिल शाह र कुशल भुर्तेल १५–१५ रनमा आउट भए । एपिएफका भुवन कार्की र अभिनाश बोहराले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफ २९.४ ओभरमा १ सय ५ रनमा अल आउट भएको थियो । एपिएफका वसन्त रेग्मीले ४१ बलमा ३ चौका सहित सर्वाधिक २२ रन बनाए ।
युवा दायाँ हाते तीव्र गतिका बलर गुलशन झाले पहिलो ओभरको पाँचौं बलमा ओपनर शंकर रानालाई ४ रनमा अनिल शाहबाट क्याच आउट गराए । दोस्रो ओभरको तेस्रो बलमा सागर ढकालले आसिफ शेखलाई शून्यमा क्याच गराए । गुलशनले तेस्रो ओभरको पहिलो बलमा कप्तान शरद भेषावकरलाई विकेटकिपर दीलिप नाथबाट शून्यमा क्याच आउट गराएपछि १०–३ को कमजोर अवस्थामा पुगेको थियो ।

चौथौ विकेटका लागि भुवन कार्की र सन्दीप जोेराले ३२ रनको साझेदारी गरेका थिए । गुलशनले नवौं ओभरको पाँचौं बलमा भुवन कार्कीले दीलिपबाटै १४ रनमा क्याच आउट गराए । १३ औं ओभरको पहिलो बलमा ललित नारायण राजवंशीले सन्दीप जोरालाई १८ रनमा एलबिडब्लू आउट गर्दै ४७–५ को कमजोर अवस्थामा पुर्याए । तल्लोक्रममा सुमित महर्जन ४, अमरसिंह राउटेला १८ र अभिनाश बोहरा १२ रनमा आउट भए ।
गुलशन झाले ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले ७.४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । पवन सरार्फ र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]