default_image

5 years ago

March 13, 2021

दीपेन्द्र मेयर कपको सर्वोत्कृष्ट खेलाडी

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान तथा नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

पुलिसलाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेका दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । पुलिसले फाइनलमा नेपाल एपिएफ क्लबलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । सर्वोत्कृष्ट दीपेन्द्रले ५० हजार रुपैयाँ प्राप्त गरे ।

दीपेन्द्रले प्रतियोगिताभर ५ खेलमा ८ विकेट लिनुको साथैं १ सय ७६ रन बनाएका थिए । बागमतीविरुद्ध शून्यमा आउट भएपनि बलिङमा ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए । दोस्रो खेलमा एपिएफविरुद्ध दीपेन्द्रले १ सय ४० रनको शतकीय इनिङ खेल्नुको साथैं १ विकेट लिएका थिए । तर पुलिस १ विकेटले पराजित भएपनि दीपेन्द्र प्लेयर अफ द म्याच चुनिएका थिए । आर्मीविरुद्ध १ र मेयर ११ विरुद्ध २४ रनमा आउट भएका थिए । मेयर ११ विरुद्ध दीपेन्द्रले ३ विकेट लिएका थिए । फाइनलमा दीपेन्द्र एपिएफविरुद्ध ११ रनमा अविजित रहे ।

आर्मीका कप्तान विनोद भण्डारी प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्सम्यान चुनिए । आर्मी लिग चरणबाट बाहिरिए पनि विनोद सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा रहे । विनोदले ४ खेलमा १ शतक सहित १ सय ८४ रनका साथ शीर्षस्थानमा रहे । विनोद एपिएफसँग ४२ रनमा आउट हुँदा मेयर–११ सँग २० रनमा अविजित रहे । पुलिसविरुद्ध ३ रनमा आउट हुँदा बागमतीविरुद्ध १ सय १९ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । विनोदले २५ हजार प्राप्त गरे ।

प्रतियोगिता उत्कृष्ट बलर बागमती प्रदेशका स्पिनर अरियो पौडेल चुनिए । अरियोले ४ खेलमा १३ विकेट लिएका थिए । बागमती प्रदेश लिग चरणबाट बाहिरिए पनि युवा खेलाडी अरियोले उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले पुलिससँग ४, मेयर ११ सँग २, एपिएफसँग २ र आर्मीसँगको खेलमा ५ विकेट लिएका थिए । अरियोले २५ हजार प्राप्त गरे ।

शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनलमा जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्दै च्याम्पियन बनेको थियो । विजेता पुलिसले ५ लाख र उप विजेता एपिएफले ३ लाख रुपैयाँ प्राप्त गरे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.