default_image

5 years ago

March 13, 2021

सचिन र युवराजको आक्रामक अर्धशतक

151 views

0 Bookmark

एजेन्सी – पूर्व कप्तान सचिन तेन्दुलकर र आक्रामक ब्याट्सम्यान युवराज सिंहको उत्कृष्ट ब्याटिङको सहयोगमा भारत लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजमा दक्षिण अफ्रिका लेजेन्ड्सलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ ।

सहिद वीर नारायण सिंह इन्टरनेशनल स्टेडियम रायपुरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४ रन बनायो । आक्रामक ब्याट्सम्यान युवराज सिंहले २२ बलमा २ चौका र ६ छक्का सहित ५२ रनको उत्कृष्ट अविजित इनिङ खेल्दै विशाल योगफलमा पुर्याए ।

ओपनर तथा कप्तान सचिन तेन्दुलकर ३७ बलमा ९ चौका र १ छक्का सहित ६० रनमा आउट भए । सी बद्रिनाथ ३४ बलमा ४ चौका र २ छक्का सहित ४२ रनमा रिटायर्ट हर्ट आउट भए ।

ओपनर विरेन्द्र सहवाग ६ र युसुफ पठान २३ रनमा आउट भए । पठानले १० बलमा २ चौका र २ छक्का प्रहार गरे । दक्षिण अफ्रिका तीव्र गतिका बलर मोन्डे जोन्डेकी २ विकेट लिए । गार्नेट क्रुगरले १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.