5 years ago
March 13, 2021
एजेन्सी – आक्रामक ब्याट्सम्यान युवराज सिंहको अलराउन्ड प्रर्दशनमा भारत लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजमा दक्षिण अफ्रिका लेजेन्ड्समाथि ५६ रनको सहज जित निकालेको छ ।

जितको लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका लेजेन्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । ओपनर एन्ड्रयू पुटिक ३५ बलमा ६ चौका सहित ४१ रनमा आउट भए । मोर्ने भ्यान विकले ३५ बलमा ४ चौका र २ छक्का सहित ४८ रनको योगदान दिए । दक्षिण अफ्रिका ओपनर पहिलो विकेटका लागि विक र पुटिकले १०.४ ओभरमा ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि त्यसपछिका ब्याट्सम्यान चल्न नसक्दा सहजै पराजित भएको हो ।

कप्तान जोन्टी रोड्स २१ बलमा २ चौका सहित २२ रनमा अविजित रहे । भारतका युसुफ पठानले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । युवराज सिंहले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । प्रज्ञान ओझा र विनय कुमारको नाममा १–१ विकेट रह्यो ।
त्यसअघि सहिद वीर नारायण सिंह इन्टरनेशनल स्टेडियम रायपुरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । आक्रामक ब्याट्सम्यान युवराज सिंहले २२ बलमा २ चौका र ६ छक्का सहित ५२ रनको उत्कृष्ट अविजित इनिङ खेल्दै विशाल योगफलमा पुर्याए ।

ओपनर तथा कप्तान सचिन तेन्दुलकर ३७ बलमा ९ चौका र १ छक्का सहित ६० रनमा आउट भए । सी बद्रिनाथ ३४ बलमा ४ चौका र २ छक्का सहित ४२ रनमा रिटायर्ट हर्ट आउट भए ।
ओपनर विरेन्द्र सहवाग ६ र युसुफ पठान २३ रनमा आउट भए । पठानले १० बलमा २ चौका र २ छक्का प्रहार गरे । दक्षिण अफ्रिका तीव्र गतिका बलर मोन्डे जोन्डेकी २ विकेट लिए । गार्नेट क्रुगरले १ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]