5 years ago
March 14, 2021
एजेन्सी – भारत र इंग्ल्यान्डबीचको दोस्रो टि२० आई खेल आज (आइतवार) हुँदै छ । खेल बेलुका ७:१५ नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुने छ । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी हुँदै पाँच टि२० आई सिरिजमा १-० को अग्रता लिएको छ ।

पहिलो खेलमा घरेलु टोली भारतले कमजोर प्रर्दशन गरेको थियो । इंग्ल्यान्डले १ सय २५ रनको विजयी लक्ष्य १५.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । पहिलो खेलमा सानदार जित निकालेको इंग्ल्यान्डको मनोबल उच्च छ । इंग्ल्यान्ड दोस्रो खेलमा पनि जित निकाल्दै सिरिजमा अग्रता लिन चाहन्छ । यता घरेलु टोली भारत पहिलो खेलको गल्तीबाट पाठ सिक्दै दोस्रो खेलमा उच्च प्रर्दशन गर्न चाहन्छ ।
इंग्ल्यान्डलाई सहज जित दिलाउन ओपनर जेसन रोयले ४९ रनको आक्रामक इनिङ खेलेका थिए । जस बटलर, डेविड मलान र जोनी बेयस्टोले पनि राम्रो प्रर्दशन गरेका थिए । दोस्रो खेलमा कप्तान ओईन मोर्गनबाट ठूलो इनिङको आशा गरिएको छ । अलराउन्डर बेन स्टोक्स र साम करन पनि भारतलाई टाउको दुखाउका खेलाडी बन्न सक्छन् ।
भारतलाई सस्तैमा रोक्न इंग्ल्यान्डका तीब्र गतिका जोफ्रा आर्चरले तीन विकेट लिएका थिए । मार्कवुड, आदिल राशिद र क्रिस जोर्डनले पनि राम्रो प्रर्दशन गरेका थिए । पहिलो खेलको प्रर्दशन उच्च हुँदा इंग्ल्यान्डले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । आर्चर, स्टोक्स र मोर्गन टोलीका प्रमुख हतियार हुन् ।

यता भारतले आजको खेलमा ओपनर शिखर धवनको स्थानमा रोहित शर्मालाई मौका दिने सम्भावना उच्च छ । पहिलो खेलमा शिखर ४ रनमा आउट हुँदा रोहितलाई विश्राम दिइएको थियो । पहिलो खेलमा कप्तान विराट कोहली शून्य, लोकेश राहुल १ र ऋषभ पन्त २१ रनमा आउट भएका थिए । विराट र राहुललाई उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ ।
युवा ब्याट्सम्यान श्रेयस ऐरले ६७ रनको राम्रो इनिङ खेलेका थिए । भारतले पहिलो खेलमा तीन प्रमुख स्पिनर खेलाएको थियो । आजको खेलमा भारतले शार्दूल ठाकुरको स्थानमा तीव्र गतिका बलर दीपक चहरलाई मौका दिन सक्छ । अक्षर पटेल वा वासिन्टन सुन्दर मध्य एकको स्थानमा नवदीप सैनीलाई मैदान उतार्न सक्छ ।
यी दुई टोलीबीच १५ टि२० आई खेल भएको छ । इंग्ल्यान्ड ८ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टि२० खेलमा ३ खेलमा भारत विजयी हुँदा २ खेलमा पराजित भएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]