5 years ago
March 14, 2021
एजेन्सी – भारतको घरेलु एकदिवसिय प्रतियोगिता विजय हजारे ट्रफीको उपाधि मुम्बईले जितेको छ । मुम्बईले फाइनलमा उत्तर प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो ।

आइतबार जितको लागि ३ सय १३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले ४१.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितका युवा विकेटकिपर आदित्य तारे १ सय ७ बलमा १८ चौका सहित १ सय १८ रनमा अविजित रहे । ओपनर तथा कप्तान पृथ्वी शाले उत्कृष्ट सुरुवात दिलाउने क्रममा ३९ बलमा १० चौका र ४ छक्का सहित ७३ रनमा आउट भए ।
अर्का युवा ओपनर यशस्वी जैसवाल २९, साम्स मुलानी ३६ र शिवम दुबे ४२ रनमा आउट भए । उत्तर प्रदेशका यश दयाल, शिवम माभी, शिवम शर्मा र समिर चौधरीले १–१ विकेट लिए ।
त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ थालेको उत्तर प्रदेशले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय १२ रन बनाएको थियो । उत्तर प्रदेशका ओपनर माधव कौशिकले १ सय ५६ बलमा १५ चौका र ४ छक्का सहित १ सय ५८ रनको अविजित इनिङ खेलेका थिए । समर्थ सिंह र अक्षय दीप ५५–५५ रनमा आउट भए । मुम्बईका तनुश कटिनले २ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]