5 years ago
March 14, 2021
एजेन्सी – युवा ब्याट्सम्यान ईशान किशन र कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङमा भारत इंग्ल्यान्डसँगको दोस्रो टि२० खेलमा ७ विकेटले विजयी भएको छ ।

योसँगै पाँच टि२० आई सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा कप्तान विराट कोहली ४९ बलमा ५ चौका र ३ छक्का सहित ७३ रनमा अविजित रहे । विराटले क्रिस जोर्डनलाई छक्का प्रहार गर्दै खेल जिताएका थिए । डेब्यू खेल खेलेका युवा ब्याट्सम्यान ईशान किशन ३२ बलमा ५ चौका र ४ छक्का सहित ५६ रनको उत्कृष्ट इनिङ खेले ।
पहिलो ओभरको अन्तिम बलमा युवा तीव्र गतिका बलर साम करनले लोकेश राहुललाई शून्यमा विकेटकिपर जस बटलरबाट क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाए । तर दोस्रो विकेटका लागि ईशान किशन र विराट कोहलीले ९४ रनको उत्कृष्ट साझेदारी गरेपछि भारतले सहज जित हात पारेको हो ।

किशनलाई स्पिनर आदिल राशिदले १० औं ओभरको अन्तिम बलमा एलबिडब्लू आउट गरे । ऋषभ पन्त १३ बलमा २ चौका र २ छक्का सहित २६ रनमा क्याच आउट भए । साम करण, आदिल राशिद र क्रिस जोर्डनले १–१ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । पहिलो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर भुवनेश्वर कुमारले ओपनर जस बटलरलाई शून्यमा एलबिडब्लू आउट गर्दै भारतलाई पहिलो सफता दिलाएका थिए । दोस्रो विकेटका लागि जेसन रोय र डेविड मलानले ६३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । स्पिनर युजभेन्द्र चहलले नवौं ओभरको दोस्रो बलमा मलानलाई २४ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । मलानले २३ बलमा ४ चौका प्रहार गरे ।

वासिन्टन सुन्दरको १२ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा ओपनर जेसन रोय ४६ रनमा भुवनेश्वरबाट समातिन पुगे । रोयले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे । सुन्दरकै १४ औं ओभरको पाँचौं बलमा जोनी बेयरस्टो सूर्य कुमार यादवबाट २० रनमा क्याच आउट भए । बेयरस्टोले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
कप्तान ओईन मोर्गन २० बलमा ४ चौका सहित २८ रनमा आउट भए । बेन स्टोक्स २१ बलमा १ चौका सहित २४ रनमा क्याच आउट भए । इंग्ल्यान्डका साम करन ६ रनमा अविजित रहे ।
भारतका स्पिनर वासिन्टन सुन्दरले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर शार्दूल ठाकुरले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहल र भुवनेश्वर कुमारले १–१ विकेट लिए ।
पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएकोा थियो । तेस्रो खेल मंगलबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]