5 years ago
March 15, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टि२० आई क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएका छन् । आइतबार राती नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दोस्रो टि२० खेलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउने क्रममा कोहलीले अर्धशतकका साथ नयाँ कीर्तिमान बनाएका हुन् ।

कोहलीले १ सय ६५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ४९ बलमा ५ चौका र ३ छक्का सहित ७३ रनको अविजित इनिङ खेलेका थिए । कोहलीले तीव्र गतिका बलर क्रिस जोर्डनलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए । उक्त छक्कासँगै विराट टि२० आईमा ३ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । कोहलीले यस उपलब्धी उनले ८७ खेलमा ८१ इनिङमा पूरा गरेका हुन् । कोहली ८१ इनिङमा २२ पटक अविजित रहँदै २६ अर्धशतकका साथ ३ हजार १ रन बनाएका छन् । कोहलीको उत्कृष्ट प्रर्दशन ९४ अविजित छ ।
सर्वाधिक धेरै रन बनाउने दोस्रो स्थानमा न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल छन् । गुप्टिल ९९ खेलमा ९५ इनिङमा २ शतक र १७ अर्धशतक सहित २ हजार ८ सय ३९ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ५ छ । तेस्रो स्थानमा भारतका ओपनर रोहित शर्मा छन् । रोहितले १ सय ८ खेलमा १ सय इनिङमा ४ शतक र २१ अर्धशतक सहित कुल २ हजार ७ सय ७३ रन बनाएका छन् । टि२० आईमा पहिलो एक हजार र दुई हजार रन पूरा गर्ने कीर्तिमान न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डम म्याकुलमको नाममा छ । म्याकुलमले एक हजार सन् २०१० र २ हजार २०१४ मा पूरा गरेका थिए । पाँच टि२० आई सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । तेस्रो खेल मंगलबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]