5 years ago
March 15, 2021
एजेन्सी – युवा विकेटकिपर ब्याट्सम्यान ईशान किशनले भारतीय क्रिकेट टोलीमा ड्रिम डेब्यू गरेका छन् । आइतबार भारतका नियमित ओपनर शिखर धवनको स्थान लिँदै ईशानले इंग्ल्यान्डविरुद्ध दोस्रो टि२० आई खेलमा डेब्यू गरेका थिए ।

कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) मुम्बई इन्डियन्सका दुई स्टार खेलाडी किशन र सूर्य कुमार यादवलाई डेब्यू दिएका थिए । सूर्यले ब्याटिङको मौका पाएनन् । किशनले डेब्यू मात्र गरेनन्, उत्कृष्ट प्रर्दशनका साथ ‘प्लेयर अफ द म्याच’ चुनिए । ओपनर लोकेश राहुलका साथ ओपनिङको लागि किशन मैदान छिरेका थिए ।
पहिलो ओभरको अन्तिम बलमा राहुलको साथ गुमाए । किशनले ३२ बलमा ५ चौका र ४ छक्का सहित ५६ रन बनाउँदै यादगार डेब्यूसँगै टोलीलाई सहज जित दिलाए । किशनले विराटसँग दोस्रो विकेटका लागि ९४ रनको उत्कृष्ट साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
२२ वर्षिय बायाँ हाते ब्याट्सम्यान किशनको आइपिएलमा जस्तै भारतीय टोलीमा प्रर्दशन गरे । भारतीय टोलीमा किशनको डेब्यूको भोक देखाउँछ । हरेक खेलाडीको डेब्यू खेलमा उत्कृष्ट प्रर्दशन गर्ने सपना हुन्छ । टोलीको जित, उत्कृष्ट प्रर्दशन अनि ‘प्लेयर अफ द म्याच’ ले गर्दा किशनले भारतीय टोलीमा ड्रिम डेब्यू गरेका छन् । किशन दशौं ओभरको अन्तिम बलमा स्पिनर आदिल राशिदको बलमा एलबिडब्लू आउट हुन पुगेपछि डेब्यू खेलको प्रर्दशनमा पूर्णविराम राखेको थियो ।

गत सिजनको आइपिएलमा मुम्बईलाई उपाधि जिताउन उत्कृष्ट प्रर्दशन गरेपछि किशनको भारतीय टोलको ढोका सहज बनेको थियो । किशन यस सिजनमा सर्वाधिक रन बनाउने पाँचौ खेलाडी बनेका थिए । किशनले १३ इनिङमा ४ पटक अविजित रहँदै कुल ५ सय १६ रन बनाए । जसमा ५ अर्धशतक सामेल रह्यो । कुल ३० छक्का प्रहार गरेका किशनको स्ट्राइकरेट १ सय ४६ को रह्यो ।
उनले विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध ९९ रन सर्वोत्कृष्ट इनिङ खेल्दै सुपर ओभरमा लगेका थिए । उक्त इनिङले पनि कोहली धेरै प्रभावित बनेका थिए । तर उक्त सुपर ओभरमा मुम्बई पराजित भएको थियो । टोलीको हारपछि डग आउटमा उनी निकै भावुक बनेका थिए ।
झारखण्डका कप्तान ईशान किशनले भारतीय टोली घोषणा हुनु अघि फेब्रुअरी २० मा विजय हजारे ट्रफीमा मध्य प्रदेशविरुद्ध मात्र ९४ बलमा १९ चौका र ११ छक्का सहित १ सय ७३ रनको विष्फोटक इनिङ खेलेका थिए । दिउँसो उक्त इनिङ खेल्दा बेलुका उनको भारतीय टोलीमा नाम आएको थियो ।

‘कुनै पनि युवा खेलाडीको लागि देशको लागि खेल्न गर्व हुन्छ । म माथि विश्वास देखाएकोमा झन धेरै खुसी छु । मैले धेरै सोच्न भन्दा पनि ब्याटिङ खुसीका साथ रमाउँदै गरेको थिए’, खेलपछि ईशान किशनले भने । त्यसैमा थपे, ‘खेल अघि सिनियर खेलाडीसँग कुरा भएको थियो । सबैले रमाउन भनेका थिए । आइपिएलको शैलीमा खेल्न सुझाब दिएका थिए’, उनले भने ।
उनले विराट कोहलीसँग पहिलो पटकसँगै खेलेका थिए । ‘जसलाई टिभीमा देख्थे उनीसँगै खेल्न पाएँ । विराटसँगै खेल्न पाउनु गर्वको कुरा हो । विराटसँग मैदानमा कसरी रहनु पर्छ लगायत धेरै कुरा सिक्न पाएँ, यो सिरिजभर अझ धेरै कुरा सिक्न पाउने छु’, उनले भने ।

को हुन् ईशान किशन ?
सन् १९९८ मा बिहारको पटनामा जन्मिएका किशनले सन् २०१६ को यू१९ विश्वकपमा भारतीय टोलीको कप्तानी गरेका थिए । उक्त विश्वकप फाइनलमा भारत वेस्टइन्डिजसँग पराजित भएको थियो । उक्त विश्वकपमा उनको प्रर्दशन खराब रह्यो । ६ खेलमा ७३ रन मात्र बनाएका थिए ।
त्यसैको कारण उत्कृष्ट प्रर्दशन गरेका ऋषभ पन्त भारतीय छनोट समितिको पहिलो रोजाईमा परे । ठूला सटका लागि परिचित किशनलाई सन् २०१८ को आइपिएल अक्सनमा मुम्बई इन्डियन्सले ६ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।
त्यसअघि सन् २०१७ मा गुजरात लायन्सबाट खेल्दै तल्लोक्रममा उत्कृष्ट प्रर्दशन गर्दै सबैलाई प्रभावित पारेका थिए । सन् २०१९ मा भने मुम्बईबाट ७ खेलमात्र खेल्ने मौका पाउँदा १ सय १ रन बनाएका थिए । सन् २०१८ मा कोलकाता नाइट राइडर्सविरुद्ध मात्र २१ बलमा ६२ रन जोडेका थिए । जसक्रममा कुलदीप यादवलाई लगातार चार छक्का एकै ओभरमा प्रहार गरेका थिए ।

झारखण्डबाट घरेलु क्रिकेट खेल्ने किशनले सन् २०१४ मा रणजी ट्रफीमा अछामविरुद्ध डेब्यू गरेका थिए । उक्त डेब्यूको पहिलो इनिङमै ६० रन जोडेका थिए । त्यसैवर्ष झारखण्डबाट लिष्ट ए मा उडिसा र टि२० क्रिकेटमा त्रिपुराविरुद्ध डेब्यू गरेका थिए ।
२०१६ को रणजी ट्रफीमा दिल्लीविरुद्ध २ सय ७३ रनको इनिङ खेलेका थिए । जुन रणजी ट्रफीमा झारखण्डबाट कुनैपनि ब्याट्सम्यानले बनाएको एकै इनिङमा उत्कृष्ट प्रर्दशन हो । सन् २०१७/१८ को रणजीमा झारखण्डबाट ६ खेलमा ४ सय ८४ का साथ सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए । सन् २०१८ मा भारतीय सी टोलीमा परेका थिए ।
२०१८ को मुश्ताक अली ट्रफीमा जम्मु कश्मिर र मणिपुरविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका थिए । भारतको ए, बी र सी टोलीबाट खेल्दै किशनले उच्च प्रर्दशन गर्दै आएका छन् । किशनले हालसम्म ४४ प्रथम श्रेणी, ७७ लिष्ट ए र ९६ टि२० आई खेलि सकेका छन् । पछिल्लो समय उनले लगातार एकपछि अर्को उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

महेन्द्रसिंह धोनीको सन्न्याससँगै भारतीय टोलीमा उनको लागि बाटो खुलेको थियो । तर सन्जु स्यामसन र ऋषभ पन्त त्यसको पहिलो दाबेदार थिए । त्यसैले उनलाई आइपिएलमा उत्कृष्ट प्रर्दशन गर्न दबाब थियो । सामान्य प्रर्दशनले उनी भारतीय टोलीमा सजिलै मौका पाउन सक्दैन थिए । आइपिएलमा उत्कृष्ट प्रर्दशनमा साथ मुम्बईलाई उपाधि दिलाएपछि भारतीय छनोट समिति प्रभावित बनेको थियो ।
इंग्ल्यान्डसँगको टि२० सिरिजमा भारतीय छनोट समितिले किशनलाई मौका दिएको थियो । महेन्द्रसिंह धोनीसँग बाल्यकालमा क्रिकेट सिकेका किशन भारतीय क्रिकेट टोलीका भविष्य हुन् । धोनी र किशन एकै ठाउँका हुन् । उनी धोनीको क्रिकेट खेलेर, हेरेर र सिकेर हुर्केका हुन् ।
भारतको यस सिरिजको मुख्य उदेश्य आगमी अक्टोबर नोभेम्बरमा घरेलु मैदानमा हुने टि२० विश्वकपको लागि बलियो टोली निर्माण गर्नु हो । भारतीय टोलीमा ओपनिङमै स्थान बनाउन किशनले लोकेश राहुल र शिखर धवनसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । रोहित शर्माको स्थान पक्का छ । आगमी विश्वकप टोलीमा भारतीय टोलीमा स्थान बनाउन किशनले यस सिरिजमा मात्र होईन आइपिएलमा पनि त्यतिनै उत्कृष्ट प्रर्दशन गर्नुपर्ने हुन्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]