default_image

5 years ago

March 16, 2021

सूर्य र ईशानको डेब्यूले मुम्बईलाई घाटा

181 views

0 Bookmark

एजेन्सी – मुम्बई इन्डियन्सका स्टार ब्याट्सम्यान सूर्य कुमार यादव र ईशान किशनले आइतबार भारतबाट इंग्ल्यान्डविरुद्ध दोस्रो टि२० आई खेलमा डेब्यू गरे ।

सूर्यले डेब्यू खेलमा ब्याटिङ गर्ने मौका नपाएपनि किशन ‘प्लेयर अफ द म्याच’ प्रर्दशन गरे । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा भारतले १७.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । जसक्रममा किशनले ३२ बलमा ५ चौका र ४ छक्का सहित ५६ रनको इनिङ खेलेका थिए ।

सूर्य र किशनको डेब्यूले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक सफल फ्रेन्चाइज टोली मुम्बई इन्डियन्सलाई २०२२ को मेगा अक्सनमा घाटा लाग्ने छ । रोहित शर्मा कप्तान रहेको साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बईलाई सूर्य र किशन दुवै प्रमुख खेलाडी हुन् । २०२० को उपाधि जिताउन यी दुवै युवा खेलाडीको प्रर्दशन उत्कृष्ट रहेको थियो ।

आइपिएल मेगा अक्सनमा एउटा टोलीले बढीमा पाँच खेलाडी रिटेन वा राइट टु म्याच (आरटिएम) माध्यमबाट टोलीमा राख्न पाउँछ । त्यसमा रिटेन वा आरटिएम बढीमा तीन खेलाडीमा प्रयोग गर्न‌ पाइन्छ । एक टोलीले कम्तिमा २ र बढीमा ३ भारतीय टोलीबाट खेलेको (क्याप्ड) खेलाडी मेगा अक्सन अघि राख्न पाउँछ । एक टोलीले बढीमा दुई अनक्याप्ड खेलाडी वा विदेशी खेलाडीलाई राख्न पाउँछन् । अब सूर्य र किशन अनक्याप्डमा मानिँदैनन् ।

मुम्बईले तीन क्याप्ड खेलाडीमा जस्प्रित बुमराह, रोहित शर्मा र हार्दिक पान्ड्यालाई रिटेन गर्नेमा सम्भावना बढी देखिन्छ । ईशान किशन, सूर्यकुमार यादव र क्रुनाल पान्ड्यालाई फुकुवा गर्ने सम्भावना देखिन्छ । भारतीय टोलीमा डेब्यू नभएको भए किशन र सूर्य दुवैलाई राख्न सक्थ्यो । रिटेन हुने पाँच मध्य बढीमा एउटा टोलीले दुईमात्र विदेशी खेलाडी राख्न पाउँछन् । त्यसैको कारण मुम्बईलाई आइपिएल २०२२ को मेगा अक्सनमा ठूलो घाटा पुग्ने भएको छ ।

विदेशी खेलाडी मुम्बईमा काइरन पोलार्ड र ट्रेन्ट बोल्टको सम्भावना बढी देखिन्छ । पाँच बाहेक अन्य सबै विदेशी खेलाडी मेगा अक्सनअघि फुकुवा गर्नुपर्ने हुन्छ । अक्सनमा किशन र सूर्य दुवै उच्च मूल्यमा बिक्ने छन् । मुम्बईले यी दुई खेलाडीलाई फुकुवा गरेर पुनः ल्याउन अक्सनमा करोडौं खर्चिनुपर्ने हुन्छ ।

हाल सूर्यले एक सिजनको ३ करोड २० लाख र ईशानले ६ करोड २० लाख रुपैयाँ पाउँछन् । आइपिएल २०२१ आगमी अप्रिल ९ देखि भारतका ६ सहरमा सुरु हुँदैछ । मुम्बईले पहिलो खेल आगमी अप्रिल ९ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्दै सुरुवात गर्नेछ ।

मुम्बई २०२१ को टोली :

रोहित शर्मा (कप्तान), काइरन पोलार्ड, हार्दिक पान्ड्या, ट्रेन्ट बोल्ट, क्विन्टन डी कक, सूर्य कुमार यादव, जस्प्रित बुमराह, राहुल चहर, इशान किशन, क्रनाल पान्ड्या, क्रिस लिन, धवल कुलकर्णी, मोहसिन खान, अनुकुल रोय, आदित्य तारा, सौरभ तिवारी, जयन्त यादव, अनोमलप्रित सिंह, नाथन कुल्टर नाइल, एडम मिल्ने, पियुष चवला, जेम्स निसम, युधवीर चरक, मार्को जेनसन र अर्जुन तेन्दुलकर ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.