5 years ago
March 16, 2021
एजेन्सी – कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले तेस्रो टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनायो ।

विराट कोहली ४६ बलमा ८ चौका र ४ छक्का सहित ७७ रनमा अविजित रहे । कोहलीको यो लगातार दोस्रो अर्धशतक हो । दोस्रो खेलमा कोहलीले ७३ रनको विजयी इनिङ खेलेका थिए । हार्दिक पान्ड्या १५ बलमा २ छक्का सहित १७ रनमा आउट भए । छैटौं विकेटका लागि विराट र हार्दिकले ३५ बलमा ७० रनको उत्कृष्ट साझेदारी गरे ।
सुरुवाती दुबै खेलमा खराब प्रर्दशन गरेका ओपनर लोकेश राहुल (केएल) तेस्रो खेलमा पनि शून्यमा आउट भए । तेस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर मार्क वुडले राहुललाई शून्यमा बोल्ड आउट गरे । राहुल पहिलो खेलमा एक र दोस्रो खेलमा शून्यमा आउट भएका थिए । पाँचौं ओभरको चौथो बलमा रोहित शर्मालाई वुडलेनै जोफ्रा आर्चरबाट १५ रनमा क्याच गराउँदै इंग्ल्यान्डलाई राम्रो सुरुवात दिलाए । रोहितले १७ बलमा २ चौका प्रहार गरे ।

छैटौं ओभरको दोस्रो बलमा युवा ब्याट्सम्यान ईशान किशनलाई क्रिस जोर्डनले विकेटकिपर जस बटलरबाट ४ रनमा क्याच आउट गराए । ऋषभ पन्त १२ औं ओभरको पहिलो बलमा २५ रनमा रन आउट हुन पुगेपछि भारत दबाबमा परेको थियो । पन्तले २० बलमा ३ चौका प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा मार्क वुडले श्रेयस ऐरलाई डेविड मलानबाट ९ रनमा क्याच आउट गराएपछि भारत ८६–५ को कमजोर अवस्थामा पुगेको थियो । तर कोहली र हार्दिकले उत्कृष्ट साझेदारी गर्दै इनिङ उकासे ।
इंग्ल्यान्डका तीव्र गतिका बलर मार्कवुडले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा १ मेडन सहित ३५ रन खर्चेर २ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]