default_image

3 years ago

March 28, 2021

भारत र इंग्ल्यान्डबीचको निर्णायक खेल आज

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको तीन ओडिआई खेलको सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो १ः ४५ पछि महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा सुरु हुने छ । तीन ओडिआई सिरिजमा सुरुवाती दुई खेल सकिँदा १–१ को बराबरी अवस्थामा छ । तेस्रो खेल जित्ने टोलीले सिरिज पनि जित्ने […]

26 views

0 Bookmark

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको तीन ओडिआई खेलको सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेल आज हुँदै छ ।

खेल नेपाली समय अनुसार दिउँसो १ः ४५ पछि महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा सुरु हुने छ । तीन ओडिआई सिरिजमा सुरुवाती दुई खेल सकिँदा १–१ को बराबरी अवस्थामा छ ।

तेस्रो खेल जित्ने टोलीले सिरिज पनि जित्ने छ । भारत पहिलो खेलमा ६६ रनले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

इंग्ल्यान्डले दोस्रो ओडिआई जित्नेक्रममा ३ सय ३७ रनको विजयी लक्ष्य ४३.३ ओभरमा ४ विकेट गुमाउँदै सहजै पूरा गरेको थियो । जसक्रममा ओपनर जोनी बेयरस्टोले १ सय २४ र बेन स्टोक्सले ९९ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

बेयरस्टो पहिलो खेलमा ९४ रनमा आउट भएका थिए । राम्रो लयमा देखिएका बेयरस्टो तेस्रो खेलमा पनि भारतीय बलरलाई टाउको दुखाई बन्न सक्छन् । इंग्ल्यान्डका ओपनर जेसन रोय र जोनी बेयरस्टोले दुबै खेलमा शतकमाथि ओपनिङ साझेदारी गरेका छन् । पहिलो खेलमा १ सय ३५ र दोस्रो खेलमा १ सय १० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

रोयले आक्रामक सुरुवात दिलाउदै आएका छन् । तल्लोक्रमका ब्याट्सम्यानलाई भने ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । कप्तान जस बटलर, लियम लिभिङस्टोन र डेविड मलानबाट तल्लोक्रममापनि इंग्ल्यान्डले ठूलो इनिङको आशा राख्ने छ ।

अलराउन्डर टम करण, साम करण र मोईन अली पनि राम्रो ब्याटिङ गर्ने क्षमता राख्ने हुँदा इंग्ल्यान्डको ब्याटिङमा गहिराई छ । तीव्र गतिका बलरमा इंग्ल्यान्डले रिसी टोपलीसँगै करण दाजुभाईलाई निरन्तरता दिने छ । स्पिनरमा मोईन अली र आदिल राशिद हुने छन् ।

भारतलाई ब्याटिङ भन्दा बलिङको बढी चिन्ता छ । ओपनर शिखर धवन र रोहितलाई निरन्तरता दिने छ । कप्तान विराट कोहली, लोकेश राहुल र हार्दिक पान्ड्या घातक बन्न सक्छन् । ओडिआई खेलमा यी तीनै खेलाडी राम्रो लयमा छन् ।

दोस्रो खेलमा राहुलले शतक प्रहार गर्दा ऋषभ पन्तले उत्कृष्ट ब्याटिङ गरेका थिए । भारतले दोस्रो खेलमा १० ओभरमा ८४ रन खर्चिएका स्पिनर कुलदीप यादवको स्थानमा युजभेन्द्र चहललाई मौका दिन सक्छ । त्यस्तै ६ ओभरमा ७२ रन खर्चेका स्पिनर क्रुनाल पान्ड्याको स्थानमा भारतले वासिन्टन सुन्दरलाई मौका दिन सक्छ ।

भारतले सुरुवाती दुबै खेलमा पावर प्लेमा नयाँ बलले विकेट लिन सकेको छैन । तीव्र गतिका बलर भुवनेश्वर कुमार, प्रसिद्ध कृष्णा र शार्दूल ठाकुर खेलेका छन् । शार्दूलको स्थानमा टि नटराजनलाई मौका दिन सक्छ ।

हार्दिकले टि२० आईमा बलिङ गरेपनि ओडिआईमा गरेका छैनन् । भारतलाई छैटौं बलरको अभाव देखिदै आएको छ । पछिल्ला पाँच ओडिआईमा भारत ४ खेलमा पराजित हुँदा एक खेलमा विजयी भएको छ । पुणे ब्याटिङका लागि सहयोगी पिच हुँदा तेस्रो खेलमा पनि ब्याट्सम्यान हाबी हुने अनुमान गरिएको छ ।

April 27, 2024

कप्तान रोहितको शतकमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलको शानदार शतकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको पहिलो खेलमा जित दर्ता गरेको छ । वेस्ट इन्डिज टोलीले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई ४ विकेटको जितसम्म पुर्याए । नेपालले ६ विकेटको नोक्सानीमा […]

April 27, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले पहिलो टि२० खेलमा जितको लागि २ सय ५ रनको बलियो लक्ष्य दिएको छ । नेपाललले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि वेस्ट इन्डिज ए ले कप्तान रोस्टन चेजको ७४ रनमा बलियो स्कोर बनाएको हो । टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ […]

April 27, 2024

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिजको पहिलो खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । वेस्ट इन्डिज ए ले पहिलो ब्याटिङ गर्नेछ । नेपालले प्रिमियर कपको तेस्रो स्थानका लागि खेलेको टोलीमा ४ परिवर्तन गरेको छ । अनिल कुमार […]

Success

Thank you for your time.