default_image

5 years ago

April 1, 2021

अष्ट्रेलियाका तीन खेलाडीले आइपिएल नखेल्ने

132 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया तीन स्टार खेलाडीले आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । तीव्र गतिका बलर जोश हेजलवुड, अलराउन्डर मिचेल मार्श र युवा विकेटकिपर ब्याट्सम्यान जोश फिलिपेले आइपिएलबाट आफ्नो नाम फिर्ता लिएका छन्

हेजलवुड चेन्नई सुपर किंग्स, मार्श सनराइजर्स हैदराबाद र फिलिपे रोयल च्यालेन्जर्स बेंगलोरमा अनुबन्ध थिए । फिलिपेले अघिल्लो महिनानै नाम फिर्ता लिई सकेका थिए । तीनै खेलाडीले ब्यक्तिगत कारण देखाउँदै आफ्नो नाम फिर्ता लिएका हुन् । विशेष गरेर आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकपलाई केन्द्रित गर्दै नाम फिर्ता लिएको अनुमान गरिएको छ ।

फिलिपेले गतवर्ष बेंगलोरबाट डेब्यू गर्दै ५ खेल खेलेका थिए । फिलिपेलाई बंगलोरले २० लाख भारुमा किनेको थियो । विराट कोहली कप्तान रहेको बेंगलोरले फिलिपेको स्थानमा न्युजिल्यान्डका युवा विकेटकिपर फिन एलेनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । त्यस्तै मिचेल मार्शको स्थानमा सनराइजर्स हैदराबादले इंग्ल्यान्डका स्टार ओपनर जेसन रोयलाई अनुबन्ध गरेको छ ।

रोयले अक्सनमा न्यूनतम २ करोड भारु तोकेपनि अनसोल्ड हुन पुगेका थिए । यसै साता सम्पन्न भारतविरुद्ध पाँच टि२० आई र तीन ओडिआई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका रोयलाई हैदराबादले टोलीमा अनुबन्ध गरेको हो ।

मार्श गतवर्ष आइपिएलमा चोटका कारण सुरुवाती खेलपछि गुमाउन पुगेका थिए । मार्शको स्थानमा जेसन होल्डरलाई अनुबन्ध गरेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईबाट हेजलवुडले गतवर्ष तीन खेल खेलेका थिए । आइपिएल २०२१ अप्रिल ९ देखि भारतका ६ सहरमा सुरु हुँदै छ । उद्धघाटनमा मुम्बई र बेंगलोरबीच प्रतिस्पर्धा हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.