5 years ago
April 1, 2021
एजेन्सी – न्युजिल्यान्डले बंगलादेशसँगको तीन टि२० आई सिरिजमा सानदार क्लिनस्विप गरेको छ । घरेलु टोली न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टि२० आई खेलमा ६५ रनले हराउँदै क्लिनस्विप गरेको हो ।

जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ९.३ ओभरमा ७६ रनमा अल आउट हुन पुग्यो । बंगलादेशका ओपनर मोहम्मद नईम १९, मोद्दासेक होसिनले १३ र सौम्य सरकार १० रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्युजिल्यान्डका स्पिनर टोड एस्टेलले २ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । कप्तान टिम साउथीले २ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । एडम मिल्ने, ग्लेन फिलिप्स र ल्योकी फर्गुसनले १–१ विकेट लिए ।
त्यसअघि वर्षाको कारण १० ओभरमा छोटाईएको खेलमा घरेलु टोली न्युजिल्यान्डले अकल्यान्डमा टस हारेर पहिला ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । न्युजिल्यान्डका २१ वर्षिय ब्याट्सम्यान फिन एलेनले २९ बलमा १० चौका र ३ छक्का सहित ७१ रनको विष्फोटक इनिङ खेले । आफ्नो टि२० आई करिअरको तेस्रो खेल खेलि रहेका एलेनलले मात्र १८ बलमा अर्धशतक पूरा गरेका थिए ।

न्युजिल्यान्डलाई ओपनर फिन एलेन र मार्टिन गुप्टिलले ५.४ ओभरमा ८५ रनको आक्रामक साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर मेहदी हसनको बलमा ठूलो सट खेल्ने धुनमा गुप्टिल ४४ रनमा अफिफ होसिनबाट समातिन पुगे । गुप्टिलले १९ बलमा १ चौका र ५ छक्का प्रहार गरे । तेस्रो नम्बरमा ब्याटिङ गरेका ग्लेन फिलिप्स ६ बलमा २ छक्का सहित १४ रनमा क्याच आउट भए । डर्याल मिचेल ११ रनमा आउट भए । बंगलादेशका शोरिफुल ईस्लाम, तस्किन अहमद र मेहेदी हसनले १–१ विकेट लिए ।
न्युजिल्यान्ड पहिलो खेलमा ६६ र दोस्रो खेलमा २८ रनले विजयी भएको थियो । तीन ओडिआई सिरिज पनि न्युजिल्यान्डले क्लिनस्विप गरेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]