default_image

5 years ago

April 1, 2021

ललितपुर च्याम्पियनसिप खेल्ने एपिएफ टोली घोषणा

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको बलियो दाबेदार विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ प्रतियोगिताको लागि दुई परिवर्तन गर्दै १४ सदस्य टोली घोषणा गरेको छ ।

एपिएफले राष्ट्रिय टोलीकी उपकप्तान सीता राना मगरको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता भएको एपिएफ नेपाली महिला घरेलु क्रिकेटमा सर्वाधिक बलियो टोली हो । गत पुसमा लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता फाइनलमा एपिएफ प्रदेश १ सँग ६ रनले पराजित हुन पुगेको थियो । यस प्रतियोगितामा प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेका प्रदेश १, एपिएफ, लुम्बिनी र सुदूरपश्चिमसँगै ललितपुर ११ गरि पाँच टोली छन् । प्रतियोगिता लिगको आधारमा हुने छ ।

एपिएफको टोलीमा दुई परिवर्तन गरेको छ । प्रधानमन्त्री कप खेलेका तीव्र गतिकी बलर ईश्वरी विष्ट र प्यारी चौधरीको स्थानमा बिनु बुढामगर र सन्जु लामालाई समेट्दै टोली घोषणा गरेको जनाएको छ । एपिएफले उद्धघाटन खेलमा चैत २१ मा प्रदेशको सर्वाधिक बलियो टोली प्रदेश १ सँग खेल्ने छ । चैत २२ मा सुदूरपश्चिम, चैत २५ मा ललितपुर ११ र चैत २६ मा लुम्बिनी प्रदेशसँग खेल्ने कार्यक्रम छ । फाइनल फागुन २८ मा हुने छ । लिगपछि शीर्ष दुई टोली फाइनलमा उपाधिका लागि भिड्ने छन् ।

एपिएफ टोली : सीता रानामगर (कप्तान), बिनु बुढामगर, ज्योती पान्डे, ईन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, सोनु खड्का, रेखा रावल, सुष्मा श्रेष्ठ, खिना कुमारी थापा, सन्जु लामा, सुमन बिष्ट, ममता चौधरी, राजमती ऐरी ।

प्रशिक्षक : राजेश श्रेष्ठ

ब्यवस्थापक : पन्कज चन्द

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.