5 years ago
April 3, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व फ्रेन्चाइज लिगहरुकै सर्वोत्कृष्ट प्रतियोगिता हो । आइपिएल खेल्ने धेरै स्टार खेलाडीको सपना र चाहना हुन्छ । आइपिएलमा राम्रो मूल्य पाउनुको साथै लोकप्रियता उच्च हुन्छ ।

धेरै स्टार खेलाडीहरु समर्थकको मायाको कारण राष्ट्रिय टोलीबाट सन्न्यास लिईसकेपछि लामो समय आइपिएल खेल्ने गर्दछन् । आइपिएलको १४ औं संस्करण अर्को साता देखि भारतमा ६ सहरमा हुँदै छ । सबै टोलीले तयारी तीव्र रुपमा अघि बढाएका छन् । विश्व क्रिकेटबाट सन्न्यास लिएका दक्षिण अफ्रिका एवि डी भिलियर्स देखि भारतीय कप्तान महेन्द्र सिंह धोनी लगायतका थुप्रै चर्चित खेलाडीको प्रदर्शन हेर्न समर्थक आतुर छन् ।
आइपिएल २०२२ मा मेघा अक्सन हुने छ । मेघा अक्सन अघि टोलीमा बढीमा पाँच खेलाडी राख्न पाइन्छ । त्यसैले हरेक टोली मेघा अक्सनमा आगमी तीन वर्षको रणनीतिका साथ अक्सनमा खेलाडी अनुबन्ध गर्न सक्छन् । आइपिएल २०२१ धेरै स्टार खेलाडीको लागि अन्तिम सिजन हुन सक्छ । ढल्किँदो उमेरका कारण विश्व क्रिकेट र आइपिएलका यी पाँच चर्चित खेलाडीको २०२१ सिजन आइपिएल करिअरकै अन्तिम हुन सक्छ ।
५.पियुष चवला (भारत)

भारतीय स्पिनर पियुष चवला यस सिजनको आइपिएल मुम्बई इन्डियन्सबाट खेल्दै छन् । अक्सनमा मुम्बईले २ करोड ४० लाख भारु खर्चेको थियो । सन् २००८ मा चेन्नईविरुद्ध पन्जाबबाट डेब्यू गरेका चवला पछिल्लो समय प्रदर्शन त्यति राम्रो छैन । चवला आइपिएल इतिहासका एक सफल स्पिनर हुन् । १ सय ६३ आइपिएल खेलमा १ सय ५६ विकेट लिएका छन् । जुन आइपिएल इतिहासका सर्वाधिक विकेट लिने तेस्रो खेलाडी हुन् ।
चवलाले चेन्नईसँगै पन्जाब किंग्स र कोलकाता नाइट राइडर्सबाट आइपिएल खेलेका छन् । गतवर्ष चेन्नईबाट खेल्दै ७ खेलमा ६ विकेट लिएका थिए । ईकोनमी रेट ९.०८ थियो । बढ्दो उमेर, फिटनेश, खस्किदो प्रदर्शनको कारण चवलाको आगमी आइपिएलमा सम्भावना देखिदैन । पछिल्लो समय विश्व क्रिकेट र भारतीय दुबैमा एकपछि अर्को प्रभावशाली स्पिनर निस्केका छन् । जसले गर्दा टोली पियुष चवलाको लागि यस सिजनको आइपिएल अन्तिम हुन सक्छ ।
४.हरभजन सिंह (भारत)

भारतीय क्रिकेटका एक सफल पूर्व स्पिनर हरभजन सिंह यस सिजनको आइपिएल कोलकाता नाइट राइडर्सबाट खल्दै छन् । हरभजनलाई कोलकाताले न्यूनतम २ करोड भारुमा अनुबन्ध गरेको थियो । गतवर्ष ब्यक्तिगत कारण देखाउँदै चेन्नईमा रहेका हरभजनले आइपिएल खेलेका थिएनन् । ४० वर्षिय हरभजनलाई यो सिजनमा पनि कोलकाताले अन्तिम समयमा किनेको थियो । हरभजनले आइपिएललाई छोड्ने हो भने पछिल्लो समय अन्य प्रतियोगिता खेल्दैनन् ।
क्रिकेट खेलाडी जीवनबाट निष्क्रिय जस्तै छन् । उनले पछिल्लो पटक चेन्नईबाट २०१९ मा आइपिएल खेलेका थिए । क्रिकेट कमेन्ट्री र विश्लेषणमा बढि सक्रिय हरभजनको लागि अन्तिम सिजन हुने उच्च सम्भावना छ । सन् २०१३ र २०१५ मा मुम्बईलाई उपाधि जिताउन हरभजनले उत्कृष्ट प्रदर्शन गरेका थिए । हरभजनले १ सय ६० आइपिएल खेलमा १ सय ५० विकेटका साथ सर्वाधिक विकेट लिने सूचिमा पाँचौं स्थानमा छन् ।
३. इमरान ताहिर (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिका स्पिनर इमरान ताहिरले चेन्नई सुपर किंग्सबाट खेल्ने छन् । गतवर्ष चेन्नईले ताहिरलाई अन्तिम तीन खेलमा मौका दिँदा १ विकेट लिएका थिए । यस पटक पिच स्पिनर सहयोगी हुँदा ताहिरले बढी मौका पाउन सक्छन् । २०१९ मा ताहिरले २६ विकेट लिदै शीर्षस्थानमा थिए । ताहिरले ५८ आइपिएलमा ८० विकेट लिएका छन् ।
४२ वर्षिय ताहिरले दक्षिण अफ्रिकाबाट अन्तिम पटक २०१९ मा खेलेका थिए । ढल्किँदो उमेरसँगै कम सक्रिय ताहिरलाई अर्को बर्ष चेन्नईले फुकुवा गर्ने नश्चित जस्तै छ । त्यसपछि उनलाई फ्रेन्चाइज टोलीले अनुबन्ध गर्ने सम्भावना भने कम देखिन्छ ।
२. क्रिस गेल (वेस्टइन्डिज)

टि२० क्रिकेटका राजा मानिने वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलको लागि आपिएल २०२१ अन्तिम हुन सक्छ । गेल पन्जाब किंग्समा छन् । ४१ वर्षिय गेलले अघिल्लो महिना श्रीलंकाविरुद्ध तीन टि२० आई सिरिज खेलेका थिए । तर प्रदर्शन राम्रो हुन सकेन । गेलको मुख्य उदेश्य आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकप केन्द्रित छ । गेल उक्त टि२० विश्वकप पछि क्रिकेट खेलाडी करिअरबाट सन्न्यास लिने सम्भावना छ ।
अक्सनमा गेललाई २०१८ मा पन्जाबले अन्तिम समयमा न्यूनतम मूल्य २ करोड भारुमा किनेको थियो । गेलले १ सय ३२ खेलमा ४ हजार ७ सय ७२ रन बनाएका छन् । जसमा ६ शतक र ३१ अर्धशतक सामेल छ । आइपिएलमा गेलको एकै इनिङमा सर्वाधिक १ सय ७५ रन देखि सर्वाधिक छक्का प्रहार गर्ने लगायत थुप्रै कीर्तिमान छन् । टि२० क्रिकेट इतिहासकै सर्वाधिक बढी आक्रामक शैलीका गेलको ढल्किँदो उमेर, फिटनेश लगायत विभिन्न पक्ष हेर्दा गेलको लागि यो सिजन अन्तिम हुन सक्छ ।
१.महेन्द्र सिंह धोनी (भारत)

विश्व क्रिकेटका एक सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले चेन्नई सुपर किंग्सलाई तीन उपाधि दिलाएका छन् । ४० वर्षिय धोनीले गतवर्ष भारतीय टोलीबाट सन्न्यास लिएका थिए । धोनी यस सिजन पछि आफैं नखेल्ने निर्णय लिने अनुमान गरिएको छ । २०२२ देखि चेन्नईले नयाँ कप्तान पाउने सम्भावना छ । धोनीले यो सिजन अन्तिम पटक खेल्ने सम्भावना छ । बढ्दो उमेरका कारण धोनीले यस पछि आइपिएल खेल्ने सम्भावना न्यून देखिन्छ ।
अर्कोतर्फ धोनी नयाँ खेलाडीलाई पनि अवसर दिन चाहन्छन् । आइपिएलका सर्वाधिक सफल कप्तान धोनीले २ सय ४ खेलमा ४ हजार ६ सय ३२ रन बनाएका छन् । १ सय ८८ खेलमा कप्तानी गर्दा १ सय १० खेलमा जिताउँदा ७७ खेलमा हार बेहोरेका छन् । शालिन, शान्त र चलाख दिमागका माहिर धोनी यस सिजन देखि आइपिएलमा विश्राम लिने सम्भावना छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]