default_image

5 years ago

April 2, 2021

ललितपुर मेयर महिला च्याम्पियनसिप भोलीबाट

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले शनिबारदेखि आयोजना गर्ने ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगितामा पाँच टोलीको सहभागीता छ । क्यानले गत पुषमा लमहीको दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला टि२० क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा पुगेका प्रदेश १, नेपाल एपिएफ क्लब, सुदूरपश्चिम, लुम्बिनीसँगै अन्य प्रदेशबाट ललितपुर मेयर ११ गरि पाँच टोली छन् ।

प्रधानमन्त्री कपमा समूह चरणबाटै बाहिरिएका प्रदेश २, बागमती, गण्डकी र कर्णालीको टोलीबाट राम्रो प्रदर्शन गर्ने खेलाडीबाट १४ सदस्य टोली घोषणा गरेको छ । पाँचै टोलीले आफ्नो टोली घोषणा गरि सकेका छन् । प्रतियोगिता लिगको आधारमा हुने छ । लिगपछि शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउने छन् ।

चैत २१ देखि २८ सम्म टियु मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण प्रत्यक्ष प्रसारण एक्सन स्पोटर््सले गर्ने छ । विजेताले ३ लाख र उप विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट ब्याटर र बलरले समान १५–१५ हजार प्राप्त गर्ने छन् ।

हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले ३ हजार प्राप्त गर्ने छन् ।क्यानले विद्यार्थीको रु २५ र अन्यलाई ५० रुपैयाँ टिकट मूल्य तोकेको छ । क्यानका म्यानेजर विनोद दासले पछिल्लो समय बढ्दो कोरोना कारण समर्थकलाई अनुमति दिने वा नदिने अन्यौल रहेको जानकारी दिए ।

खेलहरु विहान ९ बजे र दिउँसो १ बजेबाट सुरु हुने छ । ललितपुरले क्यानलाई यस प्रतियोगिताको लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उद्धघाटन खेलमा एपिएफ र प्रदेश १ भिड्ने छन् । राष्ट्रिय महिला क्रिकेट टोलीको खेलाडीको बाहुल्यता भएको एपिएफ र प्रदेश १ कागजी रुपमा यस प्रतियोगिता उपाधिको सर्वाधिक बलियो दाबेदार टोली हुन् ।

प्रधानमन्त्री महिला कपको फाइनलमा विभागीय टोली एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर एक इतिहासमा पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.