5 years ago
April 2, 2021
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान रास्सी भान डर डुसेनको शतकको सहयोगमा घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा पाकिस्तानलाई २ सय ७४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

सुपरस्पोर्ट्स पार्क सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७३ रन बनायो । दक्षिण अफ्रिका रास्सी भान डर डुसेनले १ सय ३४ बलमा १० चौका र २ छक्का सहित १ सय २३ रनको उत्कृष्ट शतकीय इनिङ खेले । उनले १ सय २३ बलमा आफ्नो ओडिआई करिअरको पहिलो शतक प्रहार गरेका थिए ।
त्यस्तै डेविड मिलर ५६ बलमा ५ चौका सहित ५० रनमा आउट भए । पाँचौं विकेटका लागि मिलर र डुसेनले १ सय ३५ बलमा १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर एडेन माक्ररम १९, विकेटकिपर क्विन्टन डी कक २० र एन्डिेले फेहलुकवयो २९ रनमा आउट भए । कागिसो रबाडा १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी र हरिस रौफले २–२ विकेट लिए । फहिम अशरफ र मोहम्मद हसनैननले १–१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]