default_image

5 years ago

April 4, 2021

डेब्यू आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ५ खेलाडी

188 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करण अर्को साता देखि भारतका ६ सहरमा सुरु हुँदैछ । आइपिएलका ८ फ्रेन्चाइज टोलीलेनै आफ्नो तयारीलाई तीव्र रुपमा अघि बढाएका छन् ।

अप्रिल ९ देखि सुरु हुने आइपिएलमा थुप्रै खेलाडीले डेब्यू गर्दैछन् । केहि खेलाडी डेब्यू प्रतियोगितामै टोलीको प्रमुख हतियारको रुपमा खेल्दै छन् । केहि खेलाडीले टोलीका आवश्यकता अनुसार डेब्यू पाउने छन् । धेरै खेलाडीको आइपिएल खेल्ने सपना हुन्छ । आइपिएलमा नाम, दाम मात्र होईन लोकप्रियता पनि त्यतिनै धेरै छ ।

आइपिएलमा ४ मात्र विदेशी खेलाडी खेल्न पाउनी हुँदा टोलीको आवश्यकता र सन्तुलनलाई धेरै ध्यान दिनुपर्ने हुन्छ । खेलाडी उत्कृष्ट भएर मात्र मौका पाउँदैन टोलीको आवश्यकता र सन्तुलनमा पनि ध्यानदिनुपर्ने हुन्छ । आइपिएल २०२१ मा डेब्यू गर्दै उच्च प्रदर्शन गर्न सक्ने पाँच खेलाडी यस प्रकार छन् ।

५. फिन एलेन (बेंगलोर)

अष्ट्रेलिया युवा विकेटकिपर जोश फिलिपेले नखेल्ने भएपछि रोयल च्यालेन्जर्स बेंगलोरले न्युजिल्यान्डका २१ वर्षिय विकेटकिपर फिन एलेनलाई टोलीमा अनुबन्ध गरेको थियो । एलेनले यसै साता बंगलादेशविरुद्ध टि२० आई क्रिकेटमा डेब्यू गरेका थिए । एलेन आक्रामक ब्याटिङ गर्ने गर्दछन् ।

बंगलादेशविरुद्ध तेस्रो टि२० आई खेलमा एलेनले २९ बलमा १० चौका र ३ छक्का सहित ७१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । बेंगलोरको ओपनिङ एलेन र देवदत्त पाडिक्कले गर्ने सम्भावना छ । बेंगलोरले चार विदेशी खेलाडीमा एवि डी भिलियर्स र ग्लेन म्याक्सवेल पहिलो रोजाईमा खेल्ने छन् ।

जामिसन, केन रिचर्डसन, एलेन, ड्यानियल साम्स, डेन क्रिष्टियन र एडम जाम्पा मध्य दुईलाई मौका दिने छ । फिलिपेलाई गतवर्ष पाँच खेलमा मौका दिएको थियो । एलेनलाई ओपनिङ गराउँदा बेंगलोरको ब्याटिङ लाइनअप थप मजबुत हुन जान्छ । एलेन बेंगलोरको सरप्राइज प्याकेज बन्न सक्छन् ।

कल्यान्ड र न्युजिल्यान्डको यू-१९ टोलीबाट खलि सकेका उनले यस सिजनको सुपर साम्स वेलिंग्टनबाट खेल्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले ११ खेलमा १ सय ९३ को स्ट्राइकरेटमा कुल ५ सय १२ रन बनाएका थिए । जसमा ५६ चौका र २५ छक्का सामेल थियो । फिनको उच्च प्रर्दशनको सहयोगमा वेलिंग्टनले सुपर साम्स टि२० उपाधि जितेको थियो ।

४. शाहरुख खान (पन्जाब)

२५ वर्षिय फिनिसर ब्याट्सम्यान शाहरुख खानले पन्जाब किंग्सबाट डेब्यू आइपिएल खेल्दै छन् । तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्ने शाहरुख खान पन्जाबको टोली हेर्दा पहिलो रोजाईमा खेल्ने सम्भावना देखिन्छ । शीर्षक्रम लोकेश राहुल, मयंक अग्रवाल, डेविड मलानले सम्हाल्दा मध्यक्रममा निकोलस पुरन हुने छन् । तल्लोक्रममा शाहरुख खान रहने छन् । उनको प्रदर्शन पनि महत्वपूर्ण रहने छ ।

पन्जाबले शाहरुखलाई ५ करोड २५ लाख भारु खर्चिदै टोलीमा अनुबन्ध गरेको थियो । शाहरुखलाई किन्न अक्सनमा पन्जाब, कोलकाता, दिल्लीबीच प्रतिस्पर्धा गरेका थिए। तामिल नाडुलाई यस सिजनको शैद मुश्ताक अली ट्रफी उपाधि दिलाउन शाहरुख खानले उत्कृष्ट प्रर्दशन गरेका थिए । फिनिसर खानले आफ्नो लयलाई निरन्तरता दिँदै डेब्यू प्रतियोगितामा उच्च प्रदर्शन गर्न सक्छन् ।

३.काइल जामिसन (बेंगलोर )

न्युजिल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसन बेंगलोरबाट आइपिएल खेल्दै छन्। जामिसनलाई बेंगलोरले अक्सनमा १५ करोड भारु खर्चेको थियो । आफ्नो प्रमुख तीव्र गतिको कमजोर बलिङ सुधार गर्नको लागि बेंगलोरले महँगो मूल्य खर्चेको थियो । बेंगलोरको तीव्र गतिको बलिङ मुख्य समस्या हुँदा पहिलो रोजाईमा खेल्ने सम्भावना देखिन्छ ।

जामिसनले डेब्यू प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । जामिसनले तीव्र गतिमा बलिङ गर्दा तल्लोक्रममा ठूला सटको क्षमता राख्छन् । जामिसन न्युजिल्यान्डबाट लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । बंगलोरको टोलीमा पनि त्यस्तै प्रदर्शनको आशा गरिएको छ ।

२. डेविड मलान (पन्जाब)

इंग्ल्यान्डका शीर्षक्रमका बायाँ हाते ब्याट्सम्यान डेविड मलान आइसिसी टि२० वरियतामा शीर्षस्थानमा रहेका खेलाडी हुन् । इंग्ल्यान्डको टोलीबाट लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका मलान पन्जाबबाट डेब्यू आइपिएल खेल्दै छन् । पन्जाबको तेस्रो नम्बरमा ब्याटिङ गर्ने मलानले डेब्यू प्रतियोगितामै उत्कृष्ट प्रभाव छोड्न सक्छन् ।

मलानले २४ खेलमा १ शतक, १० अर्धशतक सहित १ हजार ३ रन बनाएका छन् । मलान टि२० आईमा सर्वाधिक छिटो एक हजार रन पूरा गर्ने ब्याट्सम्यान । शीर्षक्रममा मलानको प्रदर्शन पन्जाबको लागि पनि निकै महत्वपूर्ण हुने छ । राम्रो लयमा मलानले आइपिएलमा पनि उच्च प्रदर्शन गर्न सक्छन् । पन्जाबले १ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो ।

१. झेय रिचर्डसन (पन्जाब)

अष्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसनले पनि पन्जाबबाट आइपिएल खेल्दै छन् । रिचर्डसन पन्जाबको मोहम्मद शामी पछिका प्रमुख तीव्र गतिका बलर हुन् । चार विदेशी कोटामा पनि पहिलो रोजाईमा खेल्ने छन् । २४ वर्षिय रिचर्डसन आइपिएलमा डेब्यु गर्दै छन् । दुई महिना अघि सम्पन्न बिग ब्यास लिगमा पर्थ स्कोचर्सबाट उनले सर्वोत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने सूचिमा शीर्षस्थानमा थिए ।

रिचर्डसनले विग ब्यासमा १७ खेलमा २९ विकेट लिएका थिए । उनले पावरप्ले, मध्यक्रम र डेथ ओभर सबैमा उत्कृष्ट बलिङ गर्ने गर्दछन् । उनले कुनैपनि समय नयाँ र पुरानो बल दुबैमा उत्कृष्ट प्रर्दशन गर्ने क्षमता राख्छन् । रिचर्डसन तल्लोक्रममा ठूलो सटको क्षमता पनि राख्ने गर्दछन् । उनीलाई टोलीमा भित्र्याउन अक्सनमा पन्जाबले १४ करोड खर्चिएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.