default_image

5 years ago

April 2, 2021

दक्षिण अफ्रिकामाथि पाकिस्तानको रोमान्चक जित

206 views

0 Bookmark

एजेन्सी – कप्तान बाबर आजमको शतकको सहयोगमा पाकिस्तानले पहिलो ओडिआई खेलमा दक्षिण अफ्रिकामाथि ३ विकेटको रोमान्चक जित हात पारको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानलाई जितको लागि अन्तिम ६ बलमा मात्र ३ रन चाहिँएको थियो । तर अन्तिम ओभरको सुरुवाती चार बलमा पाकिस्तानले रन जोड्न नसकेपछि खेल रोमान्चक बनेको थियो । तीव्र गतिका बलर एन्डिले फेहलुकवयोले अन्तिम ओभरको पहिलो बलमा सादब खानलाई ३३ रनमा रास्सी भान डर डुसेनबाट क्याच आउट गराए । त्यसपछि फेहलुकवयोले फहिम अशरफलाई लगातार तीन बल डट राखे । पाँचौं बलमा फहिमले स्टेटमा प्रहार गर्दै दुई रन बटुलेपछि अन्तिम बलमा एक रन चाहिँएको थियो । फहिमले अन्तिम बलमा एक रनका साथ जित पक्का गरे ।

त्यसअघि अन्तिम दुई ओभरमा पाकिस्तानलाई जितको लागि १४ रन चाहिँएको थियो । सुरुवाती चार बलमा लुन्गी एन्गिडीले तीन रन मात्र दिएका थिए । पाँचौं बलमा सादब खानलाई बोल्ड आउट गरेपनि हाई फुलटसको कारण नो बल भएपछि फ्रि हिट भएको थियो । फ्रि हिटको फाइदा उठाउँदै कठिन समय र दबाबमा सादबले महत्वपूर्ण चौका प्रहार गरेका थिए । अन्तिम बलमा ३ रन जोडेपछि अन्तिम ओभरमा ३ रन चाहिँएको थियो ।

त्यसअघि कप्तान बाबर आजमले १ सय ४ बलमा १७ चौका सहित १ सय ३ रनको शतकीय इनिङ खेले । बाबरको यो ओडिआई करिअरको १३ औं शतक हो । तेस्रो ओभरको चौथो बलमा तीव्र गतिका बलर कागिसो रबाडाले ओपनर फखार जमानलाई ८ रनमा बोल्ड आउट गरेपछि बाबर ब्याटिङको लागि मैदान छिरेका थिए । त्यसपछि बाबरले दोस्रो विकेटका लागि अर्का ओपनर इमाम उल हकले १ सय ७७ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै सहज जित तर्फ अघि बढाएका थिए ।

तर ३२ औं ओभरको पाँचौ बलमा एनरिच नोर्कियाले क्विन्टन डी ककबाट बाबरलाई क्याच गराउँदै साझेदारी तोडेपछि दक्षिण अफ्रिका खेलमा फर्किएको थियो । ३४ औं ओभरको अन्तिम बलमा इमाम उल हक ७० रनमा रबाडाबाट क्याच आउट हुन पुगे । इमामले ८० बलमा ३ चौका र १ छक्का प्रहार गरे । नोर्कियाले डेनिश अजिजलाई ३ र आसिफ अलीलाई २ रनमा क्याच आउट गराएपछि पाकिस्तान दबाबमा परेको थियो । एनरिच नोर्कियाले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । एन्डिले फेहलुकवयोले २ र कागिसो रबाडाले १ विकेट लिए ।

त्यसअघि सुपरस्पोर्ट्स पार्क सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७३ रन बनाएको थियो । दक्षिण अफ्रिका रास्सी भान डर डुसेनले १ सय ३४ बलमा १० चौका र २ छक्का सहित १ सय २३ रनको उत्कृष्ट शतकीय इनिङ खेले । उनले १ सय २३ बलमा आफ्नो ओडिआई करिअरको पहिलो शतक प्रहार गरेका थिए ।

त्यस्तै डेविड मिलर ५६ बलमा ५ चौका सहित ५० रनमा आउट भए । पाँचौं विकेटका लागि मिलर र डुसेनले १ सय ३५ बलमा १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर एडेन माक्ररम १९, विकेटकिपर क्विन्टन डी कक २० र एन्डिेले फेहलुकवयो २९ रनमा आउट भए । कागिसो रबाडा १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे । पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी र हरिस रौफले २–२ विकेट लिए । फहिम अशरफ र मोहम्मद हसनैननले १–१ विकेट लिए । दोस्रो ओडिआई आइतबार हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.